७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
किन डार्विनको शालिक पनि सुरक्षित छैन ?


पश्चिमा विश्व साँस्कृतिक क्रान्तिको एक जागरणमा फसेको देखिन्छ । ऐतिहासिक स्मारकहरु भत्काइँदै छन् । लोकप्रिय लेखकहरुप्रति घृणा व्यक्त भइरहेका छन् । लिंग वास्तविक हो (सेक्स इज रियल) भन्ने उनीहरुका भनाइका कारण घृणा व्यक्त भइरहेका छन् । अनि प्रतिष्ठानहरु निष्ठाप्रति प्रतिबद्धता जनाउन दौडिरहेका छन् ।

यस्तो आन्दोलन अवधिको शुरुवातमा प्राकृतिकरुपले ‘को बाँच्ने छ र को बाँच्दैन रु’ यस्ता प्रश्नको जवाफमा कतिपयले चाल्र्स डार्विन पनि नजोगिने चिन्ता धेरै छ । यस्तो चिन्ता गर्नेमा नोह कार्ल पनि छन् । समाजशास्त्री कार्ल स्वतन्त्र अनुसन्धानकर्ता हुन् ।

अवज्ञाकारी समूहका कार्यकर्ताहरुले राजामहाराजा, साम्राज्यवादी र दास व्यापारीहरुलाई मात्र आँखाको तारो बनाएका छैनन् उनीहरुको निशानामा वैज्ञानिकहरु पनि छन् । यो वर्षको शुरुमा युनिभर्सिटी कलेज लन्डनले ‘इन्क्वारी इन्टु द हिस्ट्री अफ युजेनिक्स एट युसीएल’ शीर्षकमा आधारित एक अध्ययनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्यो ।
प्रतिवेदनका सिफारिशहरुमा परेका विषयहरु द पियर्सन बिल्डिंग, द गाल्टन चेयर र द गाल्टन लेक्चर थिएटरले सक्दो छिट्टो तिनका विद्यमान नाउहरु फेर्नुपर्ने हुन्छ वा डिनेम गर्नु पर्ने हुन्छ ।

द पियर्सन बिल्डिंग तथ्यांकशास्त्री कार्ल पियर्सनको नाममा राखिएको छ । अहिले तथ्यांकशास्त्रमा प्रयोग हुने धेरै उपकरणहरुको खोज गर्ने तथ्यांकशास्त्री पनि कार्ल पियर्सन हुन् । कोरिलेशन कफिसियन्ट लगायतका उपकरण उनको खोज हो । अन्य दुई आइटम सर फ्रान्सि गाल्टनको नाम रहेका छन् । जसले साइकोमेट्रिक्स, जियोग्रफी र एन्थ्रपोलोजीमा तथ्यांकशास्त्रको उपयोग गर्ने अगुवाइ गरे । यी दुईले उच्च र निम्न नश्लका व्याख्या गरेकाले अहिले आन्दोलनका तारो बनेका हुन् ।

तारोमा परेका अर्का बेलायती वैज्ञानिक सर रोनाल्ड फिसर हुन् । उनले तथ्यांकशास्त्र र अनुवांशिकी शास्त्रमा पियर्सन र गाल्टन जस्तै आधारशीला कायम गर्ने योगदान दिएका छन् ।
सन् १९६२मा दिवंगत भएका फिसरले मानिसहरुको समूह वौद्धिक तथा भावनात्मक विकासका लागि आन्तरिक क्षमतामा फरक फरक हुन्छन्, भनेका थिए । उनको विरुद्धमा दुई छुट्टा छुट्टै उजुरी दायर गरिएका छन् । एक, उजुरीमा उनको स्मृति समारोह आयोजना विस्थापित गर्नुपर्ने र अर्कोमा उनका नाममा राखिएको प्रवचन कार्यक्रमको नाम फेर्नुपर्ने माग गरिएको छ ।

यसै सन्दर्भमा कतियले अब चाल्र्स डार्बिनको शालिक सुरक्षित रहला कि, नरहला भन्ने चिन्ता सार्वजनिक गरिरहेका छन् ।

बेलायतका स्वतन्त्र अनुसन्धानकर्ता सन् २०१९मा क्याम्ब्रिजको सेन्ट एडमन्डस कलेजबाट विद्यार्थी तथा वौद्धिक अभियानकर्ताहरुको अभियानबाट फालिएका समाजशास्त्री नोह कार्लले यस्तो आंशका गरेका छन् ।

चाल्र्स डार्बिन उच्चतम सम्मानका साथ वेस्टमिनिस्टर मठमा गाडिएका छन् । बेलायतीहरुमा सन् २००२मा गरिएको एक सर्वेक्षणमा सबै भन्दा महान बेलायतीको रुपमा स्थापित छन् ।

डार्बिनका नाममा क्याम्ब्रिजमा एक कलेज स्थापित छ । अस्ट्रेलियामा एक युनिभर्सिटी स्थापित छन् । दुईटा पहाड, दुई टापु र दुई सय बढी जीवजन्तुको नाम उनको सम्मान छन् । १२ फेब्रुअरीलाई मनाइने मानिसको जन्म दिवस अन्तर्राष्ट्रिय डार्बिन दिवस मनाउने गरिन्छ ।

अहिलेसम्म डार्बिनको स्मृति नायकको रुपमा गरिन्छ । विकासवादी सिद्धान्तको शिक्षाको संस्थापकको रुपमा उनी चिनिन्छन् । सकारात्मक योगदानका लागि उनलाई नायक भनिए पनि त्यो अवधारणा छिट्टै भंग हुने देखिएको छ ।

डार्बिनका लेखनहरुले उनलाई संकटमा पार्ने देखिन्छ ।

उनको लिंग भेदको अवधारणा पहिलो छ । द डिसेन्ट अफ म्यानमा डार्बिन भन्छन् “ पुरुषको मानसिक शक्ति औसतरुपमा महिला भन्दा माथि हुन्छ ” । १८८२ मा उनले लेखेका एक पत्रमा भन्छन्– ‘नैतिक गुणहरुमा सामान्यरुपमा महिला पुरुष भन्दा उच्च भए पनि बौद्धिकतामा कमजोर हुन्छिन् ।”

यसैगरी डार्बिनले द डिसेन्ट अफ म्यानमा लेख्छन् ‘पुरुषको संरचना महिलाको भन्दा बढी चलयमान हुन्छ ।”

दोस्रो विषय नश्लहरुको बारेमा छ । उनले द डिसेन्ट अफ म्यानमा एउटा च्याप्टर द रेसेस अफ म्यान नै लेखेका छन् । विभिन्न नश्लहरुमा विभिन्न किसिमका भेदहरु भए पनि बौद्धिकतासम्बन्धी भिन्नता रहेको उल्लेख उनले गरेका छन् ।

तेस्रो विषय उनले भनेका छन् ‘हामी सभ्य समाजका मानिसहरुले निर्मूलीकरणको प्रक्रियालाई सर्वाधिक परीक्षण गर्छौ । सभ्य समाजका कमजोरहरुले तिनको प्रचार गर्छन् ।” यी सबैको सार संक्षेप भनेको डार्बिनको विश्वास थियो – पुरुषहरु औसतरुपमा महिलाको भन्दा बढी बौद्धिक ९इन्टेलिजेन्ट० हुन्छन् र केही नश्लका मानिसहरु सभ्य हुन्छ र केही असभ्य नश्लका हुन्छन् ।”

अहिले बढिरहेको आन्दोलन माझ विभिन्न शालिकहरु ढलिरहेका छन् । यस्तोमा डार्बिनका शालिक सुरक्षित रहला भन्ने आशंका कतिपयको बढेको छ ।

Nabintech