९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा कोरोना संक्रमणका कारण उपचाररत थप एकको मृत्यु


कोहलपुर/बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एक जनाको कोरोना संक्रमणका कारण  ज्यान गएको छ । सोमबार सोही अस्पतालमा उपचार गराईरहेकी बैजनाथ गाँउपालिकाकी एक महिलाको ज्यान गएको थियो । उक्त घटनाको एक दिनपछि मंगलबार बेलुका थप एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सह निर्देशक डा। नितेश कनोडियाले जानकारी दिएका छन ।

गएराती मृत्यु भएकी ४३ बर्षिया महिलामा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार दिउँसो स्वाब लिइएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सह निर्देशक कनोडियाका अनुसार मृत्यु भएकी महिला कैलाली लम्की नगरपालिका २ की हुन् । टाउकोमा चोट लागेपछि उनी गएको जेठ ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोभिड९१९ संक्रमण पुष्टि भएको हो ।उनको शव मेडिकल कलेजको शव गृहमा राखिएको र व्यवस्थापनकालागि सरोकारवालासँग छलफल भईरहेको कनोडियाले जानकारी दिए ।

यद्यपी मृतक महिलाको स्वाब परिक्षणका गरेको भेरी अस्पताल नेपालगन्जले भने अहिलेसम्म आधिकारी धारण सार्वजनिक गरीसकेको छैन ।­

Nabintech