३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमित महिलाको शब व्यबस्थापन


कोहलपुर/ बैजनाथ गाँउपालिका वडा नं ६ कि एक महिला जेठ ३० गते कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भईन् ।
सास फेर्न गाह्रो भएकी निमोनिया ग्रसित महिलालाई ज्वरो समेत आएकाले कोरोना जाँच गरेर उपचार गनुपर्ने हुन्थ्यो तर, त्यसो गरिएन । उनलाई आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार २ गते बेलुका ६ बजे उनको मृत्यु भयो ।
उनको मृत्यु अघि थुप्रै कर्मचारी र स्वास्थ्यकर्मी उनको सम्पर्कमा आए । उनको मृत्यु पछि मात्रै मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ पुष्टी भयो ।
कोरोना पुष्टी भएपछि कोहलपुर मेडिकल कलेजमा स्वास्थ्यकर्मी र कर्मचारीहरु आतंकित भएका छन । आईसियुमा कोरोना लागेकी बिरामी र अन्य विरामी सँगै राखिएको थियो । आइसियूमा उनलाई प्रयोग गरेको सामग्रीहरु अरुलाई पनि प्रयोग गरिएको थियो ।
अस्पताल व्यवस्थापनले गम्भिर लापरबाही गरिरहेको भन्दै चिकित्सक, नर्स र अन्य कर्मचारीहरु आक्रोशित भएका छन् ।
केहि दिन अघि पनि रुकुमका एक बृद्ध उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आए । १० दिनको उपचार पछि मात्रै उनको कोरोपा परिक्षण गरियो र उनमा कोरोना पोजेटिभ पुष्टी भयो । ८२ बर्षिय बृद्ध आन्द्रको उपचारका लागि अस्पताल आई पुगेका थिए ।
कोहलपुर मेडिकल कलेजका अस्पतालले स्वास्थ्यकर्मीमाथि कुनै सेफ्टी नअपनाएको गुनासो गरेका छन ।
कोरोनाबाट मृत्यु भएकी र उपचाररत ति बृद्धको उपचारमा संलग्न चिकित्सकले कोरोनाबाट मृत्यु भएकी ती महिलालाई प्रयोग गरिएका मेडिकल सामग्रीहरु अन्य विरामीलाई प्रयोग गरिदिएर अस्पताल व्यवस्थापनले गम्भीर लापरिबाही गरेको बताए ।
‘जुन सामान कोरोना लागेकी महिलाई प्रयोग भयो त्यो सामान अरु बिरामीलाई पनि प्रयोग भयो, जो जो स्टाफले ती महिलाई छोएका छन्, हेरेका छन्, ती स्टाफ त सधैं आफ्नो घर गए ।’ एक चिकित्सकले भने ‘कोरोना लागेकी महिलाई मुखमा प्रयोग गरेको वाफ लिने मास्क अरुलाई पनि त्यहि प्रयोग गरियो, ती महिलाई प्रयोग गरेको बेडसिटदेखि अन्य मेडिकल सामग्री अन्य बिरामीलाई पनि प्रयोग भयो ।
सोमबार मृत्यु भएकी महिलाको बुधबारसम्म अस्पतालमा राखियो तर शब ब्यबस्थापनमा भने जिल्ला स्थित कोरोना बिपद ब्यबस्थापन समतिीको ध्यान पुगेको देखिएन । अन्त्यमा बैजानाथ गाउँपालिकाका अध्यक्षमान बहादुर रुचालले प्रयोग गर्दै आएको सवारी प्रयोग गरि शब ब्यबस्थापन गरिएको थियो । यस्तो बिपदको अबस्थामा पनि जिल्ला स्थित रहेका बिभिन्न समतिीहरुले कोभिडबाट मृत्यु भएका ब्यक्तिहरुका लागि शब ब्यबस्थापनमा सवारी उपलब्ध गराउन नसक्नु एकदमै लज्जास्पद रहेको गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बताए ।
बैजानाथ गाउँपालिकामा एक जना कोरोनाबाट मृत्यु भएपछि सरकारले ब्यबस्थापन गर्न नसक्दा स्थानियहरु आक्रोशित भएका छन । स्थानियहरुले मृतक परिवारसंग जोडिएका र छिमेकीहरुलाई तुरुन्त ट्रेसिङ्ग गरि स्वाब संकलन गर्न पुर्ब सिंचाई राज्य मन्त्री दल बहादुर सुनारले बताए । उनले भने अगामी दिनहरुमा जिल्लामा बसेका ब्यक्तिहरुले शब ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा चिन्तीतहुन पनि आग्रह गरेका थिए ।
यता शब ब्यबस्थागर्दै आएको नेपाली सेनाले सैनिकलाई आबश्यक पर्ने स्वास्थ्य सामाग्रीको अभाब नभएको भैरब प्रसाद गणका गणपति नकुल थापाले बताए । उनले भने कोरोना संक्रमित ब्यक्तिहरुको शब ब्यबस्थापन गर्नका लागि अबश्यक पर्ने शब बाहन नभएको जनाएका छन ।
यो संगै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण देखिएको छ भने बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

Nabintech