कोहलपुर/कोहलपुर नगरपालिका वडा नं २ को लक्ष्मी माध्यामिक बिद्यालय बर्दहवा क्वारेन्टाईनमा बसेका ६६ जनाको बुधवार स्वाब संकलन गरिएको छ ।
कोहलपुर नगर स्वास्थ्य शाखाको टोलिले बुधवार बिहान स्वाब संकलन गरेको हो ।
मंगलवार सोही क्वारेन्टाईनमा वसेका १ जनामा कोरोना पोजेटिभ पुष्टी भएपछि बुधवार क्वारेनटाईनमा बसेका सम्पुर्णको स्वाब संकलन गरिएको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली राज पोख्रेलले जानकारी दिए ।
लक्ष्मी माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक बद्रिनाथ सापकोटाले कोहलपुरमा पहिलो पटक ठुलो सख्यामा स्वाब संकलन भएको जानकारी दिए ।
आरडिटि जाँच गरेर घर पठाउँदा समुदायलाई कोरोनाको महामारी जोखिम कायमै रहने भएकाले पिसीआर जाँचको पहल गरिएको सापकोटाले बताए । उनले पिसिआर जाँचका लागि सहयोग गर्ने कोहलपुर नगरपालिकालाई धन्यावाद दिए ।