८ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकीका १ हजार महिलालाई स्वास्थ्य सामाग्री वितरण


बाँके/जानकी गाउँपालिका स्तरीय मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिले विपन्न परिवारका महिलालाई सरसफाइका सामाग्री प्रदान गरेको छ ।
यस कार्यक्रममा जानकी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका सुत्केरी र गर्भवती १ हजार महिलाका सरसफाइका सामाग्री वितरण गरिएको कार्यक्रमका बाँके सहजकर्ता केशव प्रसाद चालिसेले जानकारी दिनु भयो । सरसफाई सामाग्री कोरोना संक्रमण रोकथामलाई सहयोग गुग्ने गरी वितरण गरिएको चालिसे बताउनु भयो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मुख्य गरी गरिब विपन्न परिवारकासँग प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरी आयआर्जन, सिप विकास, क्षमता विकास र रोजगार प्रवद्र्धन गर्नका लागि प्रदेश नं. सरकारले प्रत्यक्ष जनतासँग जोडिएर काम गर्ने कार्यक्रम हो ।
जानकी गाउँपालिका वडा नं. १ का अध्यक्ष मोहमद रज्जा राईले गरिब परिवारका सुत्केरी र गर्भवती सामाग्री वितरण गर्दै आफु र आफ्ना सन्तानको स्वस्थ्य राख्नका लागि पहिलो कुरा सरसफाईलाइ नै महत्व दिन अनुरोध गर्नु भयो ।
जानकी गाउँपालिकाको वडा नं. १ मा मात्रै भारतबाट आएका ४० जना कोरोना भाइरस संक्रमित व्यक्ति हाल आइसोलेसनमा रहेका छन् । वडा अक्ष्संभावित जोखिमबाट बच्नका लागि पनि यसरी सरसफाइका सामाग्री वितरण गर्नु पर्ने बताउनु हुन्छ । वितरण गरिएको स्वास्थ्य सामाग्रीमा सावबु, माक्स, स्यानिटाइजर लगायतका सामाग्री वितरण गरिएका थियो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेका सबै गाउँपालिकामा संचालित कार्यक्रम हो ।

Nabintech