कोहलपुर /बाँकेको कोहलपुरका स्थानिय युवाहरु सामाजिक कार्यमा सक्रिय भएका छन । लकडाउनका कारण उत्पन्न वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै यहाँका युवाहरुले ‘हाम्रो ठाउँ हामी आफै बनाउ’ नारा सहितको अभियान संचालन गरेका छन ।
युवाहरुको समुहले कोभिड १९ बिरुद्ध विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका छन । जस अन्तर्गत मंगलबार कोहलपुर नगरपालिका वडा नं. १ को कृष्ण मावि क्वारेन्टाईन र २ को लक्ष्मी माविको क्वारेटिनमा बसेका ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री वितर गरीएको अभियानका अभियन्ता कमल बुढाले जानकारी दिए ।
सम्बन्धित वडाका वडाध्यक्ष तथा स्थानिय नेताहरुको रोहबरमा क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई जनहि १/१ थान KN95 मास्क, ह्याण्ड वासिङ लिक्विईड ८ थान, सेनिटाइजर ६ थान र १० लिटरको एकथान ग्यालिन ह्याण्ड सेनिटाइजर वितरण गरीएको बुढाले बताए ।
वैदेशिक रोजगारको सिलसिलामा दुबै र अस्ट्रेलियामा रहेका सुमन केसि र कलेन्द्र दसौदीसँगको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा ब्यवस्थापनकालागि बिभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको बुढाले बताए ।
यसअघि पनि युवाहरुको उक्त समुहले गाँउमा पानी ट्याङ्की निर्माण गर्नुका साथै आर्थिक अबस्था कमजोर रहेका स्कुले बालबालिकाको नाममा अक्षयकोष स्थापना तथा मृगौला पिडित युवककालागि आर्थिक सहायता