१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
छोराले आफ्नै बाबुको हत्या गरे


राप्तीसोनारी(बाँके) /राप्तीसोनारी ४ लामीडाडामा छोराले आफ्नै बाबुको हत्या गरेका छन । घरायासी बिवाद पछि ३० वर्षिय छोरा सुकलालले ५६ वर्षिय बुबा पुलुराम थारु को हत्या गरेका हुन । सोमवार साँझ छोराले बाबुलाई कुटपिट गर्न लागेको थाहा पाएपछि गाउँलेले छुटाएका थिए । झगडा छुट्यार घर पुगेका गाउँउलेले बिहान मात्रै बाबुको हत्या भएको थाहा पाएका थिए ।
बिहान घरमा छोरालाई मात्रै देखेपछि सोधी खोजि गर्दा बाबु मृत अवस्थामा भेटिएका थिए ।
बुबाको घटीमा निलडाम,शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा मृत भेटीए पछि प्रहरीले अनुसन्धानको लागि छोरा सुकलाल थारुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरी श्रोतका अनुसार छोराले आफुले हत्या नगरेको र बुबाले झुन्डिर आत्महत्या गर्न खोज्दा आफुले बचाउन खोजेको तर बाबुको मृत्यु भएको बयान दिएका छन । बाबुको मृत्यु भएको भएपनि गाउँलेलाई भने खबर गरेपछि मात्रै प्रहरी घटना स्थल पुगेको थियो । स्थानिय बासिन्दाले बाबुलाई पटक पटक कुटपिट गर्ने सुकलालले हत्या गरेको बताएका छन ।

Nabintech