९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भारतमा २४ घण्टामा थपिए झण्डै ११ हजार संक्रमित, दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना


एजेन्सी/भारतमा पछिल्लो २४ घण्टामा झन्डै ११ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ ।

त्यस्तै दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । मंगलवार उनको कोरोना टेस्ट हुँदैछ ।

Nabintech