११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सफल एसपि राना बाँके प्रहरीको कमाण्ड समाल्दै


कोहलपुर/प्रहरी उपरीक्षक ओम राना मेट्रोबाट बांके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल भएका तत्कालिन कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना मेट्रोबाट बांके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका हुन् । कन्चनपुरमा निर्मला पन्तको हत्यारा पत्ता नलागिरहदा कास्कीमा पनि १० वर्षिया वालिका श्रेया बिकको बलात्कार पछि हत्या गर्ने कुशुम पौडेललाई पक्राउ गर्न सफल प्रहरी उपरीक्षक ओम राना हालै काठमाण्डौ मेट्रोबाट जिल्ला प्रहरी कार्यालय बांकेको कमाण्ड सम्हाल्न पुगेका छन् ।
२०७६ साल असोज १० गते सांझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाईलाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए । सोही वर्ष कन्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।
२०७४ सालमा प्रहरी उपरीक्षकको फुली लगाएका रानाले बांकेको कमाण्ड सम्हाल्नु अघि, काठमाण्डौ मेट्रो, कास्की, रोल्पा, बौद्ध, उदयपुर, दाङ, काठमाण्डौ अपराध महाशाखा, कालिकोट, रशुवा लगायतका जिल्लाहरुमा प्रमुखको भुमिका निर्वाह गरिसकेका छन । कास्कीमा पनि श्रेया विकको हत्यारा संगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिएभने टोले गुण्डाहरुको गतिविधीलाई शुन्यमा पुर्याएका थिए । त्यसैगरी उनको कार्यकालमा हप्ता असुल्ने टोले गुण्डा र लागुऔषध कारोवारीले समेत टाउको उठाउन सकेको थिएनभने रानाको कार्यकालमा ३३ वटा ठूला जुवा खेल्ने गिरोहलाई पक्राउ गरी आवश्यक कारबाही गरेका थिएभने अपराध नियन्त्रणलाई मध्येनजरगरी कास्कीभित्र १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै उनको कार्यकालमा कास्कीमा सवारी दुर्घटनामा समेत न्युनिकरण भएको थियो ।
एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदनशिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधान सभाको चुनाव सफल पूर्वक सम्पन्न गर्न सफल भएको उनको छुट्टै इतिहांस छ । सामान्य देखी ठूला मानिस संग समान ब्यवहार गर्ने रानाले अन्य प्रहरी प्रमुखले भन्दा बेग्लै शैलीमा जनताको समस्याको समाधान गर्ने बेग्लै खुबी रहेको छ । प्रहरी कर्मचारीहरुलाई समेत समान ब्यवहार गर्ने भएकाले पनि उनलाई सामान्य प्रहरी कर्मचारीले हेर्ने दृष्टीकोण पनि राम्रो रहेको छ ।
एसपी रानाले उत्कृष्ट कार्यालय प्रमुख भएकाले विभिन्न जिल्लामा समेत पुरस्कार प्राप्त गर्न सफल भएका छनभने कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरिसकेका छन भने राष्ट्रपतिबाट रत्न विभुषण प्राप्त गरिसकेका छन ।

Nabintech