७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ मा कागज र रासायनिकमल कारखाना स्थापना हुने

सरकारी कार्यालयमा नेपाली काठको फर्निचर



बुटवल /प्रदेश नम्बर ५ मा यसै आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने भएको छ । आर्थिक वर्ष ०७७र७८को बजेट प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

उनले लघु, घरेलु तथा साना उद्योग कोषको स्थापना गरि बिदेशबाट फर्केका युवाहरुलाई आत्मनिर्भर बनाउन १० करोड बजेट बिनियोजन गरेको बताए । एक निर्वाचन क्षेत्र १ उद्या्ेगको योजना सफल बनाउन प्रत्यक पालिकामा १० करोड बजेट बिनियोजन गरेको घोषणा गर्दै पोखरेलले मोतीपुर औद्योगिक क्षेत्र र नौबस्ता औद्योगिक क्षेत्रलाई प्रदेशको स्वामित्वमा ल्याउने बताए ।

उनले बांके, दाङ र रुपन्देहीमा स्थायी डिपार्टमेण्टर स्थल स्थापना गर्न १ करोड ३६ लाख बजेट बिनियोजन गरेको बताउंदै प्रदेशमा रहेका सबै सरकारी कार्यालयमा नेपाली काठ र नेपाली फर्निचरको प्रयोग गर्ने घोषणा गरे । बिद्यालयमा शिक्षक र बिद्यार्थिले अल्लो, ढाका जस्ता कपडा प्रयोग गरि पोशाक बनाउने बिद्यालयलाई प्रदेश सरकारले अनुदानका लागि बजेट छुट्याईएको मुख्यमन्त्री पोखरेलले बताए ।

Nabintech