११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वैज्ञानिकको निष्कर्ष : कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा १० गुणा धेरै खतरनाक


एजेन्सी/ कोरोना भाइरस ९कोभिड(१९०को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड(१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९ भन्दा दश गुणा खतरनाक हुने देखिएको छ ।
डेलिमेलका अनुसार अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकले अमेरिका, बेलायत र इटलीमा गरेको कोरोना भाइरसको अध्ययनमा चीनको वुहानमा भन्दा १० गुणा भन्दा धेरै संक्रमण सार्न सक्ने क्षमताको पाइएको छ ।
वैज्ञानिकहरुले म्युटेसन स्ट्रेन तिब्र गतिमा शरीरमा रिसेप्टर्समा आक्रमण गर्ने खालको भएको बताएका छन् । कोरोना भाइरस ९क्ब्च्क्(ऋयख्(द्द० को यो भर्जनको म्टज्ञद्धन् नाम दिइएको छ । यो स्ट्रेनमा अन्य भाइरस भन्दा ४ देखि पाँच गुणा धेरै स्पाइक्स प्रोटिन हुन्छ ।
अध्ययनका अनुसार कोरोना भाइरसको म्टज्ञद्धन् भर्जन १० गुणा धेरै संक्रमण फैलिने खालको रहेको मात्र छैन, यो त्यत्तिकै स्थिर पनि रहेको छ । वैज्ञानिकहरुले कोरोना भाइरसको असर कतै धेरै र कतै कम हुनुको कारण पनि यहीँ विषयसँग जोडिएको बताएका छन् । कुनै देशमा मृत्युदर ह्वात्तै धेरै छ भने कुनै देशमा कम छ । कुनै देशमा लक्षण धेरै देखिएको छ भने कुनै देशमा लक्षण नै देखिएको छैन ।
यसअघि स्ट्रेन इटली, बेलायत र न्युयोर्क जस्ता सहरमा अधिक रहेको मानिएको थियो । यी ठाउँमा सुरुवाती चरणमा कोरोना भाइरसका कारण धेरै मानिसको ज्यान गएको थियो ।

Nabintech