१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अबैध नदि जन्य पदार्थ बोकेका सवारीसाधन प्रहरी नियन्त्रणमा


कोहलपुर/ बैजनाथ गाँउपालिका अन्र्तगत पर्ने मान खोलामा ठुलो मात्रामा अबैध नदि जन्य पदार्थ उत्खनन भएको पाईएको छ ।
बैजनाथ अन्र्तगत मान खोलामा अबैध रुपमा जेसिभी मेसीनको प्रयोग गरेर अवैध उत्खनन गरेको पाईए पछि प्रशासनले कडाई गरेको छ । प्रशासनले अबैध रुपमा खोलामा जेसिभि हालेर नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै अवश्यक कारवाहीका लागि वैजनाथ गाँउ पालिका पठाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए । चन्दका अनुसार चेक जाँचका क्रममा कुनैपनि साधनमा आवश्यक काजजात फेला नपरेका कारण नियन्त्रणमा लिएर बैजनाथा गाँउ पालिका पाठाएको नयाँकोर्सलाई जानकारी दिए ।
चन्दका अनुसर सोमबार दिउसो सम्म झण्डै २ दर्जन ट्रिपर र ट्याक्टर पालिका पठाईएको हो ।
आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ सहितको टोलिले अनुगमनका क्रममा बैजनाथमा जेसिभी प्रयोग गरेर नदि जन्य पदार्थ उत्खनन गरेको भेटिएपछि बैजनाथ बाट आउने नदि जन्य पदार्थ लाई छानबिनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको प्रमुख चन्दले जानकारी दिए ।
बैजनाथ गाँउपालिकाका प्रमुख मान बहादुर रुचालले ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएका नदि जन्य पदार्थ सहितका सवारी साधनहरु पालिकालाई बुझाएको बताउँदै सो साधनहरुको बैधानिकता बारे खोजबिन भई रहेको नयाँकार्सलाई जानकारी दिए ।
सोमवार देखि खोला उत्खननको समय समेत सकिएको जानकारी दिँदै उनले ४२ हजार घन मिटर नदिजन्य पदार्थ उत्खननका लागि पालिकाले ठेक्का सम्झौता गरेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारीको रुपमा हालै आएका कुरुम्बाङले अबैध उत्खनन बिरुद्ध अभियान सञ्चालन सुरु गरेका छन । उनले हाल सम्म जिल्लाका बिभिन्न सथान बाट १२ वटा सवारि साधर र २२ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनि कारवाही प्रक्रियामा पठाएको बताए ।
उनले सोमवार देखि खोलाबाट नदिजन्य पदार्थ निकाल्न पुर्ण रुपमा रोक लागाएको बताउँदै नियन्त्रणमा लिएकाहरुको आवश्यक छनबिन भई रहेको जानकारी दिए ।

Nabintech