२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चौरजहारी अस्पतालका २ डाक्टरसहित ७ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा


कोहलपुर/ रुकुम पश्चिमको चौरजहारी अस्पतालका २ जना डाक्टरसहित ७ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा उपचारका लागि आएर रिफर गरिएका एक बिरामी र काजमा खटिएर आएका एक कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मीहरुलाई शंकास्पद रुपमा लिएर क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालमा खटिई आएका एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, नेपालगंज मेडिकल कलेज कोहलपुरमा पेटको उपचारको लागि सर्जिकल वार्डमा भर्नारत रुकुम सानीभेरी गाउँपालिकाका ८२ वर्षीय वृद्धमा पनि कोरोना पोजिटिभ देखिएको छ। उनी जेठको तेस्रो साता चौरजहारी अस्पतालमा भर्ना र उपचार गराई नेपालगंज रिफर गरिएको थियो।

Nabintech