२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विद्यालयको भवन निर्माणमा गुणस्तरहिन इट्टाको प्रयोग

रविन्द्र सिंह ठकुरी



कोहलपुर/बन्दाबन्दी भएको करिब ३ महिना पुग्न थाल्यो । बन्दाबन्दीले गर्दा देशको अर्थतन्त्रमा ठुलो क्षति भएको छ भने बिकास निर्माणका कामहरुमा बाधा परेको छ । जसले गर्दा धेरै बिकासका कामहरु सम्पन्न हुन सकेका छैनन् । कति पय निर्माण भए पनि मापदण्ड अनुसार भएको पाईदैन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा भबन निर्माणको काममा लापरबाही देखिएको छ । बिद्यालयमा भबन निर्माणकार्यमा प्रयोग हुने कमसल इट्टाहरु भबनको जगमा प्रयोग गरिएको छ । हेर्दा लकडाउनको समयमामा बिभिन्न उपभोक्ता समीती मार्फत हुने कामहरु लापरबाही रुपमा भैरहेको सहजै अनुमान गर्न सकिन्छ ।


जिल्ला समन्वय समिती बाँकेबाट बिद्यालयको भबन निर्माणका लागि ५० लाख र जन श्रमदानको ६ लाख ६४ हजार रुपैयाँ श्रमदान गर्नु पर्ने योजना रहेता पनि भबन निर्माणमा श्रमदान स्वरुप पुराना इट्टाहरु प्रयोग गरिएको बिद्यालयका प्रध्यानाध्यापक आनन्द प्रसाद भट्टराईले बताए । बिद्यालयको आए स्रोत नभएको हुँदा पुराना इट्टाहरु प्रयोग गरीएको बताए । उनले भने बिद्यालयको आए स्रोत नभएको र बन्दाबन्दी भएको कारण पनि स्थानियहरु श्रम गर्ने अबस्थामा नरहेको हुँदा पनि पुराना इट्टा प्रयोग गर्नु परेको जनाए ।

बिद्यालय ब्यबस्थापन समितिमा पहिला नै पुराना इट्टा हाल्ने वा नहाल्ने बिषयमा बिबाद भएको थियो । बिद्यलय ब्यवस्थापन समितीलाई नगरपालिकाको मापदण्ड अनुसार बनाउन भनेता पनि करिब १० देखि १२ बर्ष पुराना इट्टा प्रयोग भईरहेका छन । इट्टाहरु प्रयोग भएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शेर बहादुर खड्काले बताए । उनले भने भबन निर्माण गर्न जिम्मा पाएको समितीलाई प्राबिधिक संग समन्वय गरेर काम गर्न आफुहरुले सुझाएको समेत बताए ।

यता भबन निर्माणको जिम्मा पाएको उपभोक्ता समितीका संयोजक रुपसिंह डाँगीले ६ लाख बढि रकम श्रमदान गर्नु पर्ने भएको हुँदा आफुले बिद्यालयलाई भन्दा रकम नभएको र निजी स्रोतका शिक्षकलाई पनि पारिश्रमीक दिन पनि समस्या रहेको अबस्था जनाए पछि आफुहरुले बिद्यालय क्षेत्र भित्र रहेका १६ हजार ५ सय इट्टा भबनको जगमा प्रयोग गर्नु परेको बताए । यस बिषयमा प्राबिधीकसंग समन्वय गर्दा मौखिक रुपमा प्रयोग गर्दा नि हुन्छ भन्ने खालको आश्वासन पाएको बताए ।
५६ लाख ६४ हजार लागतमा निर्माण हुन लागेको बिद्यालयको ४ कोठे भबनको जगमा पुराना इट्टा प्रयोग भएको खबर नगरपालिकाले थाहा पाए पश्चात तत्काल काम रोक्न र अहिलेसम्म प्रयोग गरिएका इट्टाहरु निकाल्नका लागि बताएको कोहलपुर नगरपालिकाका सब इन्जिनियर महादेव जोशीले बताए । उनले भने भबन निर्माण गर्दा एक नम्बरको इट्टा प्रयोग गर्नु पर्छ, यसरी पुरानो इट्टा प्रयोग गर्दा मापदण्ड बिपरीत हुने भएकोले तत्काल मापदण्ड पुर्याएर काम गर्न निर्देशन दिएको समेत बताए । उनले थपे पुराना इट्टा प्रयोग गर्ने सम्बन्धमा आफु र अन्य प्राबिधिकहरुले कुनै मौखिक सहमति नदिएको समेत जनाए ।
नगरपालिकाले पुराना इट्टा निकाल्न जानकारी दिए पनि बिद्यालयको भबन निर्माणको जिम्मा पाएको उपभोक्ता समितीले त्यसको अटेर गर्दै पुराना इट्टाहरु नै प्रयोग गरि जग पुरा गर्दैछ । यसरी नेपाल सरकारको लगानीमा निर्माण भएको बिद्यालयको भबनमा कमसल सामाग्री प्रयोग गर्दा पछि बन्ने संरचान कस्तो होलान । यति त उपभोक्ता समितीले गरेका केहि प्रतिनिधी पात्रमात्र हुन । यि र यस्ता उपभोक्ता मार्फत निर्माण हुने अन्य आयोजनाहरुमा के कति लापरबाही भएको होला यस बिषयमा राज्यका निकायहरु चनाखो हुनु पर्ने स्थानीएको भनाई छ ।

Nabintech