कोहलपुर/ कोहलपुर मेडिकल कलेजका डाक्डर, नर्स र कर्मचारी समेत गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको छ।
जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एकजना पेटसम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कका आएका ८ जना डाक्टर, ४र५ जना सहयोगी कर्मचारी र अन्य नर्स समेत गरी आइतबारदेखि ४२ जनालाई क्वारेन्टिनमा क्वारेन्टिनमा राखिएको छ।
‘विरामीको सेवाका लागि गएका डाक्टर, नर्स लगायत सबैलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको अस्पतालले बताएको छ। ती विरामीसँग रेडियोलोजिष्टपनि सम्पर्कमा आएको देखिएको जानकारी दिए। ओपिडी र रेडियोलोजी सेवा पनि सूचारु नै रहेको । एक हप्ता अगाडि पनि अछामकी एकजना सुत्केरीमा कोरोना संक्रमण फेला परेपछि मेडिकल कलेज एक दिन सिल गरिएको थियो।