१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेता ढकालले सरकारलाई दिए धन्यावाद


कोहलपुर/ कोहलपुर खडकवार घुईयावारि कालिमाटी हुँदै सल्यान खलंगा जोड्ने अन्तर प्रदेश पर्यटन मार्गको लागि रु ४० लाख बजेट विनियोजन गरेकामा नेकपाका नेता सुर्य ढकालले सरकारलाई धन्यवाद दिएका छन् ।

सो सडक निर्माणका लागि आफ्नो नेतृत्वमा १० करोडको माग सहित सघर्ष समिति बनाएर दवाव दिदै आएका ढकालले सरकारले केही रकम बिनियोजन गरेरमा सरकारलाई धन्यवाद दिएका हुन ।

नेता ढकालले आफुहरुले बिभिन्न निकायमा ज्ञापन पत्र बुझाउने काम निरन्तर गर्दै आएको फल स्वरुप ४० लाख बिनियोजन गरेको बताए । सो सडक निर्माणका लागी नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि रकम बिनियोजनका लागि माग गरेको थियो ।

रकम बिनियोजका लागि पहल गर्ने कोहलपुर नगरापकिाल प्रमुख लुट बहादुर रावत , प्रदेश साँसद एंव कृषि मन्त्री आरति पौडेल , संघिय साँसद महेश्वर गहतराज अथक र राष्ट्रिय योजना आयोग पनि धन्यादका पात्र रहेको नयाँ कोर्सलाई जानकारी दिए ।

कोहलपुर खडकवार घुईयावारि कालिमाटी हुँदै सल्यान खलंगा जोडने अन्तर प्रदेश पर्यटन मार्ग बनाउँनका कर्णालि प्रदेश सरकार संग पनि रकम माग गरिएको ढकालले जानकारी दिए ।

Nabintech