११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती नदी अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो


कोहलपुर/ नदीमा हुने अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, राप्ती नदीबाट हुने अवैध दोहन बिरुद्ध कारवाही शुरु गरिएको हो ।

सोही क्रममा अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएकोमा प्रशासनले कारवाही शुरु गरेको हो ।

Nabintech