३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा दिप प्रज्वलन


कोहलपुर/ राष्ट्रिय युवा संघ नेपाल बाँकेले संसद बाट शनिवार लिपुलेक,लिम्पियाधुरा र कालापानी सहितको नक्सा पारित भएको खुशियालीमा कोहलपुरमा दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलन कार्यक्रममा युवासंघ आवद्ध नेता कार्यक्रता , सर्वसाधारण लगायतको उल्लेख्य सहभागिता हरेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेकपा बाँकेका सचिव अशोक कोईरालाले नेकपा नेतृत्वको सरकार राष्ट्रियताको सवालमा कसैसंग सम्झौता नगर्ने बताए ।
उनले राष्ट्रियताको सवाल र महामारी नियन्त्रणमा सरकारलाई युवाहरुको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य एंव बाँके क्षेत्र नं १ ख का ईन्चार्ज नरेन्द्र न्यौपाने , नेकपाका नेताहरु अब्दुल हुसेन खाँ , रेणुका खड्का , सुर्य ढकाल, बसन्ती अधिकारी , युवा संघका केन्द्रीय सदस्य दिपक जि एम , खेम राज शर्मा लगायतको सहभागिता हरेको थियो ।

Nabintech