११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खजुरामा नेकपाको रक्तदान


खजुरा/कोरोना विरुद्धको अभियानमा रहेको नेकपा बाँके खजुरा गाउँपालिका कमिटीले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
ज्ञानोदय नमूना माध्यामिक विद्यालयमा भएको कार्यक्रममा खजुरा क्षेत्रका नेकपा नेता कार्यकरता , सुभचिन्तक , र अन्य समाजिक अभियन्ताहरुको सहभागिता रहेको नेकपा खजुरा अध्यक्ष राज कुमार बिकले जानकारी दिए । रक्तदानमा प्रदेश सशस्त्र प्रहरी गण खजुरा, लायन्स एण्ड लियो क्लव अफ नेपालगञ्ज खजुरा र जनजागरण समाज खजुराले सघाएको अध्यक्ष बिकले जानकारी दिए ।

रक्तदानमा सहभागिता जनाउन खजुराका विभिन्न वडा तथा टोलबाट युवायुवतीहरुको उल्लेख्य सहभागिता भएको नेकपा खजुरा गाउँपालिका कमिटीका प्रवक्ता धनराम ओलीले जानकारी दिए । रक्तदान कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला, प्रदेश सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्री, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपती लगायतको सहभागिता रहेको थियो । रक्तदानमा हाल सम्म १ सय ५० जनाले रक्तदान गरेका छन ।

नेकपा खजुराले यस अघि लाखौ मुल्यको स्वाथ्य सुरक्षा सामाग्रि खजुरा गाँउपालिका लाई सहयोग गरेको छ । भने महामारीको सकट बाट जनता लाई बचाउन कमिटि मातहत हरेक वडामा जनता द्धारा जनता लाई सहयोग कार्यक्रम अन्र्तगत खाद्य भण्डार स्थपना गरिएको नेकपा खजुरा गाँउपालिका ईन्चार्ज भिम ओलीले जानकारी दिए ।

Nabintech