१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जनता मा वि क्वारेन्टाइनमा रहेका ५२ जनाको स्वाब संकलन


राप्तीसोनारी /बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ बुचापुर स्थिति जनता मा वि क्वारेन्टाइनमा रहेका ५२ जनाको शनिबार स्वाब संकलन गरिएको छ । सो क्वारेन्टाइनमा रहेका ३ महिला र ४९ जना पुरुषको स्वाब संकलन गरिएको र पिसिआर परिक्षणका लागि भेरी अञ्चल अस्पताल पठाइने राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुदालीले जानकारी दिए।

सोही वडामा रहेको गणेश मा वि क्वारेन्टाइनमा रहेका २९ जनाको जेठ २८ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाइ सकिएको र रिपोर्टि आउने क्रममा रहेको महादेवपुरी स्वास्थ चौकीका सिअहेब मित्र प्रसाद चौधरीले जानकारी दिए । यश गणेश मा वि क्वारेन्टाइनमा रहेका मध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको थियोे भने दोस्रो संक्रमित ३८ वर्षीय पुरुषको दोस्रो रिपोर्ट कोरोना नेगेटिभ देखिए पछी डिस्चार्ज भैसकेका छ्न ।

Nabintech