१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा रिङ्गरोड निर्माणका लागि बजेट बिनियोजन


कोहलपुर/ बाँके क्षेत्र नं १ का साँसद एंव नेकपाका नेता महेश्वर गहतराज अथकको पहलमा कोहलपुर क्षेत्रको रिङरोड निर्माणका लागि बजेट बिनियोजन गरिएको छ ।  संयिय सरकारको समपुरक तर्फ १ करोड १४ लाख बिनियोजन भएको साँसद अथकले जानकारी दिए ।

यस्तै बिशेष अनुदान तर्फ कोहलपुर ३ को जनता माबि मैटहवाको भवन निर्माणका लागि ६० लाख , ज्ञानज्योति माबि कौशिल्या नगरेको भवन निर्माणका लागि ६० लाख बजेट बिनियोजन भएको अथकले जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिकामा सिकल सेल एनिमियाको ल्याव स्थपनाका लागि ५५ लाख बजेट बिनियोजन भएको छ ।

यस्तै राप्ती सोनारीमा बिशेष अनुदान अन्र्तगत कृषि खेति सुधारका लागि सुपर जोनका लागि १ करोड र यस्तै नरैनापुर गाँउपालिकामा स्वास्थ्य सेवा सुधारका लागि २ करोड अनुदान प्राप्त भएको अथकले जानकारी दिए ।

Nabintech