१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण


बुटवल/ प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ती विधेयक प्रदेशसभाको यही जेठ १४ गतेको बैठकबाट पारित भएको थियो ।

नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।

Nabintech