११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
स्वर्गीय नवराजलाई-पत्र

हार्दिक श्रद्धाञ्जली सबै सांस्कृतिक योद्धाहरुलाई



स्वर्गीय नवराज
सांस्कृतिक सलाम
कहाँबाट शुरु गरु तिमी र तिम्रो बलिदानीमा बलिदान दिने उच्च कोटिका तिम्रा महान साथीहरुको बारेमा लेख्न निशब्द छु तरपनि घोरिए,टोलाएर र निर्बोल भई केही शब्दहरु यो अन्यौलग्रस्त मानसिकताबाट वाहिर निकाल्ने प्रयास गर्दैछु यस घटनाको प्रमुख पात्रको हिसाबले तिम्रै पेरिफेरीमा मेरा शब्दहरु केन्द्रित हुने छन् । तिमी जीवित रहदाँ तिम्रो आमाबुवा र दिदीबहिनीहरुको मुटुको धडकन,जिउने आधार र आँखाको नानी त अवश्य थियौं साथै समाज,आफन्तजन र साथीहरुको विचमा पनि यति सानो उमेरमा कति लोकप्रिय र महान थियौ भन्ने कुरा तिम्रा साथीहरुको उच्च बलिदानीबाट पनि पुष्टि भएको छ ।

तिमी जीवित रहदा भूगोलको सानो घेरामा सिमित थियौ अर्थात आफ्नो गाउँ,टोल,आफन्तजन,जाजरकोट खलंगाको केहि भिर,पाखा,खोला,भन्ज्याङ र भेरीनदी पारी चौरजहारी नगरपालीकाको केहि वडासम्म परिचित थियौं होला तर आज तिमी भौतिक रूपले जीवित नभएपनि देशको बढेमान सांस्कृतिक योद्दा भएका छौ देशका राष्ट्रिय र स्थानीय पत्रपत्रिका हुदै टिभी,रेडियो,एफएम,अनलाइन खबर र सामाजिक संजालका भित्ताहरु तिम्रै बारेमा रंगिएका छन् जन्मेपछि मृत्यु त मानव जीवनको अनिवार्य पाटो हो तर तिमी देशका तीन करौड जनताहरुको मुखमा मात्र सिमित नभई अन्तरराष्ट्रिय चियो,चर्चा र चासोका विषय बनेका छौ ।

अपमान र अमानवीयताको बिचमा तिम्रो मृत्यु आज अजंगको पहाडसरी उभिएको छ तिम्रो समुदाय मात्र आन्दोलित नभई सम्पूर्ण लेखक,संचारकर्मी,कलाकार,बुद्दिजीवी,सामाजिक अभियानता र देशका करौडौ मान्छेहरुले न्यायको पक्षमा आवाज बुलन्द गरी रहेका छन् काल सर्पझै मृत्युको राजाको उपमा पाएको कोरानाले संसारका हरेक बस्तीहरुमा होस,हवास र चेत गुमाई रहेको बेला तिम्रो पक्षमा अर्थात् मृत्युलाई वास्ता नगरी देशका प्रत्येक बस्ति,शहर,बजार,सदरमुकाम र राजधानीका विभिन्न स्थानहरु आज विरोध गर्ने मंच भएका छन्आफ्नो भोग,प्यासलाई वास्ता नगरी,पानीको फोहरा,अवरोध र पुलिसका लाठीहरू खाँदै विरोधका आवाजहरु घन्कीरहेका छन् तिमी र तिम्रो लागि बलिदान दिने साथीहरुको बारेमा सयौं भिडियो,कथा,नाटक र डकुमेन्ट्रीले सामाजिक संजालका भित्ताहरु भरीएका छन् तसर्थ तिमी केवल तिम्रो आमाबुवा,आफन्तजन,तिम्रो समुदाय र जाजरकोटी जनसमुदायहरुको मात्र छोरा नभई सिंगो देशको छोराको रूपमा उभिएका छौ ।

तिम्रो मृत्युले आज आमाबुवा,आफन्तजन र त्यहाँको स्थानीयलाई मात्र पोलेको छैन समग्र देशका आमाबुवा,दाजुभाइ,दिदीबहिनी र सच्चा प्रेम गर्ने जोडीहरुलाई रुवाएको,पिरोलेको र विद्रोही बनाएको छ साच्चै भन्ने हो भने तिमी प्रेमको पुजारी भएका छौ,रुढिवादी समाजको मानसिकतामा बम र बारुद भै विष्फोट भएका छौ अर्थात् तिम्रो बलिदानीबाट समाज र साँचो प्रेम गर्ने जोडीहरुको मानसिकता साँगुरो होइन विशाल भएर गएको छ त्यसैले तिमी त प्रेममा कुर्वानी दिने सहिद र सांस्कृतिक रुपान्तरनको हतियार बनेका छौ ।

तिम्रो बारेमा चर्चा गरी रहदा तिम्रो लागि कुर्वानी दिने साथीहरुको बारेमा चर्चा गरिन भने अन्याय हुन्छ तसर्थ ती महान साथीहरु टिकाराम सुनार,गणेश बुढा,लोकेन्द्र सुनार,सन्दिप वि।क। र गोबिन्द शाहीलाई हृदयदेखिनै उच्च सलाम छ साथै घाइते हुने साथिहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु िजसरी माथिल्ला हरफहरुमा तिम्रो बारेमा चर्चा गरिएको छ अर्थात तिम्रा साथीहरुपनि तिमी जस्तै आफ्ना आमाबुवा र दिदीबहिनीहरुको आँखाको नानी,मुटुको धडकन,जिउने आधार र भविष्यको आशाको किरण थिए ।

उनीहरुसंगपनि आफन्तजन,इष्टमित्र,गाउँघर र समाजको सामु केहि योगदान गर्दै तिम्रो जस्तै प्रेमको सानो संसार खडा गर्ने सपनाहरु थिए होला नेपाल प्रहरीमा प्रवेश गरी देशको सेवा गर्ने जसरी तिम्रो सपना थियो त्यसरीनै उनीहरुकापनि रोजाईका सपनाहरु थिए होला तर ती सपनाहरु तिमीसंगसंगै उनीहरुकापनि भेरी नदीको छालमा सदाको लागि विलिन भएर गएका छन् केहि विवाहित साथीका श्रीमतीहरुको सिउदो पुछिएको छ र ती अवोध बालबालीकाहरु बाबाको काख र काँधको बात्सल्यामयी मायाको स्वाद चाख्न नपाउदै टुहुरा भएका छन् ।

सकारात्मक कोणबाट एउटा साथीको लागि कतिसम्म गर्न सक्दा रहेछन भनि ती बलिदानहरू ओजपूर्ण इतिहास भएका छन् र नकारात्मक कोणबाट विश्लेषण गर्दा यो परिस्थितीको प्रमुख पात्र तिमी र तिम्रो प्रेमिका सुष्मा मल्ल हौ अर्थात तिमीहरुकै खातिर उहाहरुको पनि ज्यान गएको छ ितिम्रो नियत त दुलाहा साथीहरुको निगरानीमा एउटा प्रेमिकाको वेचैनी मनलाई होसमा ल्याउदै नयाँ संसार खडा गर्नु थियो अर्थात् तिम्रो सपना आफ्नो हृदयले मन पराएकी प्रेमीकाको अनुरोधमा डोली सजाई र नौमती पन्चे बाजाहरू लिएर ल्याउन सामाजिक बारबन्देजका पहाडहरुले छेकेपनि लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई खुशियालीका रंगहरु भर्दै र साथीहरुको साथमा सुरक्षित महसुस गर्दै भित्र्याउनु थियो ।

अर्को कोणबाट जातीय उचनीचको फरकपनले परिवारबाट खेदिएकी वा अपमानित रूपले बाचेकी प्रेमिकालाई अंगाल्न वा सरकारले कोरना रोगबाट बच्न गरेको लकडाउनलाई वेवास्ता गर्दै सोती गाउँमा जान तिम्रो प्रेमिकाले बाध्य पारेकी थिईन आफुले मन पराएको प्रेमीकालाई अरुले चुडेर लिन्छ र आमाबुवाले जवर्जस्ती अन्यत्रै विवाह गर्न बाध्य गर्दैछन् भन्ने खबर तिम्रो कानमा पुर्याएपछि संसारको कुन प्रेमी नजाला र तिमीले पनि त्यसै गरेउ यदि तिमी नजान्थ्यौ भनेपनि कायर र नामर्दको संज्ञा अनिवार्य पाउथेउ अन्तत् अनिच्छा हुदाहुँदै पनि तिम्रो आग्रहमा साथीहरुको समुह त्यहाँ गयो तर परिस्थिति उल्टो भैदियो ।

सोती गाउँमा पुग्नु भन्दा पहिल्यै तिमी र तिम्रो प्रेमिकाले गरेको फोन सम्बाद उनको घरपरिवारले सुनेर हो वा तिम्रो प्रेमिकाले नै षडयन्त्र गरी तिमीलाई बोलाएको हो भन्नेकुरा पुष्टि हुन बाँकी भएपनि तिम्रो लागि ती होनहार साथीहरुले मृत्युलाई स्वीकार गरे अर्थात् संसारकै उत्कृष्ट साथीको लिष्टमा लामबद्ध भएका छन् िती तिम्रा साथीहरु स्वार्थि र उचनीच जातिको कित्तामा बाँडिएको भए परिस्थिति फरक हुन् सक्थ्यो ितिमी तल्लो जात भएको थाहा हुदैहुदै जनाजाति मित्र स्वर्गीय गणेश बुढा मगर लगायत गोबिन्द शाही र घाइते इन्द्रजंग शाहीले आफ्नै थर कि चेलीलाई विवाह गरी ल्याउने कुराको सुइँको पाउन वित्तिकै तिम्रो घरछेउमै अवरोध गर्न सक्थे वा साथ् नदिएर तिमीमै जाइलाग्न सक्थे ।

ती सकारात्मक सोचले भरिपूर्ण साथीहरुको होस्टेमा हैसले उर्जा प्रदान गर्दै तिमीलाई त्यो जंगार तरी उकाली चढ्न हौस्याएको मात्रै थिएन अर्को कोणबाट आजको दिनमा जातीय असमानताको बारेमा लड्ने तथा समतामूलक समाज निर्माण गर्ने दिशामा ती सांस्कृतिक योद्धाहरु अघि बढिरहेको आभास हुन्छ तसर्थ ती मृत साथीहरु समाज रुपान्तरनको यात्रामा वा विभेदमुक्त समाजको अगुवाई गर्ने सांस्कृतिक योद्धाको सुचिमा कैद हुनु भएको छ भने जीवित तिम्रा सहपाठीहरु लगायत उहाहरुको परिवारहरुलाई त्यहि तितो क्षणदेखिनै जातीय छुवाछुत,अन्याय,अत्याचार र शोषणका विरूद खुलेर अगुवाई गर्न खुल्ला आकाश मिलेको छ िभोलीका दिनमा अमानवीय जातीय कुरुतिलाई जरैबाट उखेल्न ती तमाम अविभावकहरुलाई घच्घच्याउदै नौलो समाजको निर्माण गर्न तिम्रा साथीहरुको वलिदान प्रेरणाको स्रोत बनि रहनेछ ।

हो,तिम्रो समुहको मृत्यु अकल्पनीय,पाशविक र जघन्य रूपले भएको छ र यसको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ ित्यो पाशविक अपराधको प्रमुख पात्र वा नायक तिमी भएको नाताले सुशुप्त अवस्थामा रहेको तिम्रो वर्गको उत्पीडनको आवाज सतहमा आएको छ िसदयौदेखिनै तिम्रो समुदायका मान्छेहरु देशका हरेक वस्तीमा कहीन कहि चुलो,चौका,मन्दिर र पानी छोएको निउमा,ठुलो आवाज र शिर ठाडो गरी बोलेको निउमा मारीएका घटनाहरुको असंख्य शृंखलाहरुको चाङ त अनिवार्य थिए ितिम्रो आमाहरु र दिदीबहिनीहरुको दिन दहाडै बलात्कार,बोक्सीको आरोपमा मलमुत्र ख्वाई पशुवत व्यवहार,कालो मोसो दली गाउँ निकाला गरिएको अर्थात् बहिस्कार गरीएका घटनाहरु त सधै घटीरहन्थे वा समाजले स्वाभाविक रुपले पचाउदै आएको थियो अर्थात् ती आवाजहरुलाई भित्र भित्रै दबाइन्थ्यो,निमोठिन्थ्यो र मेलमिलापको निउमा मुख बन्द गर्न बाध्य पारिन्थ्यो,जुन एक्काइसौ शताब्दि,ज्ञान,विज्ञान र आधुनिक युगका नक्कली आडम्बरी समाजको लागि नौलो विषय कहिल्यै हुदैनथ्यो तसर्थ तिम्रो र उनीहरुको मरणमा आकाश जमिनको फरक छ ।

तिम्रो बलिदानीको जगमा उभिएर हजारौं वर्षदेखि जातभात,छुतअछुत र उचनीच मानसिकताको कालारात्रीमा निदाउन वाध्य पारीएको दलित समुदाएको निदाएको,मुर्झाएको,झुकेको,दविएको र वहिस्कृत भएको आवाज आज मुखरीत भएर गएको छ वा तिम्रो न्याय पश्चात नयाँ परिस्थिति निर्माण हुने कुरामा विश्वस्त भएको छ सयौं वर्षदेखि गुम्सिएर रहेका विभेदका जन्जिरहरु तोडदै विभेदमुक्त समाजको परिकल्पनामा तिम्रो शहादतले आशाको रक्तसंचार जागाएको छ तिमीलाई साँची राख्दै कागजी रूपमा छुवाछुत मुक्त घोषणा गरीएको संविधानको मौलिक हकमा लेखिएका शब्दहरुलाई व्यवहारमा कार्वान्वयन गर्न राज्यलाई झापड हानेको आभाष भएको छ तिम्रो मृत्युको क्रुरताले गर्दा भविष्यमा घटना सक्ने देशका जुनसुकै वस्तीमा अन्तरजातीय प्रेम,विवाह वा अन्य सामाजिक जातीय विभेदनै किन नहोस तिमी प्रतिबिम्वित भएर अवश्य आउने छौ र हर कोहि मान्छेलाई एकपटक सोच्न बाध्य हुनेछ ।

तसर्थ तिमी लगायत तिम्रा साथीहरुले आमाबुवाको खुशियाली,बुढेसकालको सहारा,दिदीबहिनीको आशाको डोरी चुडाएपनि हजारौ उत्पीडित समुदाएको न्याय प्राप्तिको अस्त्र र प्रेममा कुर्वानी दिने ऐतिहासिक पात्रको रूपमा दर्ज भएका छौ भने अर्को अर्थमा वर्तमान मनुवादी कुसंस्कारको पर्दा च्यात्न तिमी जवरजस्त नायक भएर आएका छौ त्यसैले तिमीहरु अजर,अमर र भिमकार्य पहाडसरी उभिएका छौ र उभिई रहने छौ ।

अन्त्यमास् ती सांस्कृतिक योद्दाहरू जन्माउने महान आमाबुवाहरुलाई कोटीकोटी उच्च सम्मान छ र छोराहरु गुमाएको पीडामा केहि महिना,केहि वर्ष वेचैनी बनाएपनि अवश्य एक दिन शोकलाई शक्तिमा बदल्दै विभेदमुक्त नौलो समाजको सिर्जना गर्न मार्गदर्शकको रुपमा उहाहरुको आशन हुनेछ भन्ने हामी आशा गर्दछौ ि सोती घटनाका जघन्य अपराधीहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै मृत भाइहरुप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै र घाइते जिउदा भाइहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदा हुन्छु ।

लेखक नेपालगंज मेडिकल कलेज चिसापानी,बाँकेमा कार्यरत छन् ।

Nabintech