१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिकासको नेतृत्व लिदै कोहलपुर ६ का अध्यक्ष राम शरण थारु


कोहलपुर/ कोहलपुर नगर पालिका वडा नं ६ का अध्यक्ष राम शरण थारुले कोरोना महामारीका बिच बिकासका काममा क्रियासीलता बढाएका छन ।
उनले यस आर्थिक बर्ष भित्र सक्नु पर्ने कामका लागि निर्माण कम्पनिहरुलाई तिरन्तर ताकेता गरि रहेका छन ।

अध्यक्ष थारुले यस आर्थिक बर्षमा आफ्नो वडामा माननिय साँसद अथकको संसद पुर्वाधार बिकास कोषको रकम बाट झण्डै १ किलो मिटर,कोहलपुर नगारपालिकाको गौरवको आयोजना अन्र्तगत झण्डै आधा किलोमिटर र संघीय सरकार भौतिक पुर्वाधार मन्त्रालयको बजेटबाट झण्डै १ किलो मिटर गरि जम्मा २ किलो मिटर बढि बाटो कालो पत्रे गर्न लागिएको जानकारी दिए ।

कालो पत्रेका साथै २ किलो मिटर बढि बाटोमा नालि निर्माण भई रहेको अध्यक्ष थारुले जानकारी दिए ।

वडा अध्यक्ष थारुका अनुसार साँसद अथकको पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत रझेना गाँउमा समादायिक भवन,वडा स्वाथ्य चौकीको भावन पनि यसै आर्थिक बर्षमा सक्ने गरि काम भई रहेको छ । अध्यक्ष थारुले हाल सम्म एउटा पनि सरकारी भवन नरहेको कोहलपुर ६ मा आगामी आर्थिक बर्षमा आफ्नै वडा कार्यालय भवन निर्माण गरि सकिने जानकारी दिए । दाता गोबिन्द वाग्लेले दान दिएको ३ कठ्ठा जमिनमा वडा स्वास्थ्य कार्यालय भवन निर्माण भैई रहेको छ भने सोहि स्थानमा वडा कार्यालय भवन समेत निर्माण गरिदै छ ।

वडा अध्यक्ष थारुले यस आर्थिक बर्षमा झण्डै २ किलो मिटर बाटो स्तर उन्नती गदै ग्राबेल गरिएको र झण्डै १ सय बिधुत पोल गाडने तथा तार टागने काम
भई रहेकोजानकारी दिए ।

Nabintech