२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्वारेन्टाईनमा रहेकालाई खिर उपलब्ध


कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको ए वान डेरि उद्योगले क्वारेन्टाईनमा रहेकालाई खिर उपलब्ध गराएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ स्थित राम माविमा रहेको क्वारेन्टाईनमा बसेकालाई खिर उपलब्ध गराईएको छ । पछिल्लो समय ए वान डेरी उद्योगले कोहलपुर नगरपालिका भित्र रहेका सबै क्वारेन्टाईनमा बसेकालाई खिर उपलब्ध गराउँदै आएको छ । ए वान डेरीउद्योगका संचालक सन्तोष पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत क्वारेन्टाईनमा बसेकालाई खिर विरतण गरिएको जानकारी दिएका छन् । साथै उनले कोरोना भाईसरका विरुद्ध एक हुन आवश्यक रहेको जानकारी दिँदै विपद्को बेला सबै एक हुनुपर्ने बताएका छन् ।

Nabintech