१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी


सुर्खेत/ कालिकोकोटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । १४ जनाको भने उद्धार गरिएको छ । तीमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी गरिएको छ ।

घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

दुर्घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार कर्णाली नदीमा खसेको थियो । ३९ जना सवार रहेको टिपरबाट १७ जना बाटोमै उत्रिएको पाइएको छ ।

Nabintech