२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जिवन ज्योति स्कूलद्धारा क्वारेन्टाईनमा खाद्य तथा स्वास्थ्य समाग्री सहयोग

शिक्षा र समाजिक सेवामा जिवन ज्योति अग्रणी रहेको कोहलपुर नगर प्रमुख रावतको भनाई



कोहलपुर/ कोहलपुर १० मा रहेको जिवन ज्योती स्कूलले कोहलपुर क्षेत्रका क्वारेन्टाईन ठुलो मात्रामा खाद्य तथा स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।

कोहलपुर नगरपालिका १५ वटै वडामा रहेका १६ ओटा क्वारेन्टाईनहरुका लागि प्रति क्वारेन्टाईन जिरा मसिनो चामल ३०० किलो , दाल ३० केसी , तेल १० लिटर , आलु ५० किलो , प्याज २० किलो , नुन ५ केजि , सजिकल मस्क २५० पिस , प्रत्येक क्वारेन्टाईन्मा ५ पिस सेनिटाईजर र डिटोल साबुन १ दर्जनका दरले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत लाई हस्तान्तरण गरेको हो ।

रावतलाई हस्तान्तर पछि सो समान जिवन ज्योती स्कूलले १६ ओटै क्वारेन्टाईन्मा पुगेर बितरण गरेको स्कूलका कर्मचारी कल्याण तिमल्सेनाले जानकारी दिए ।
तिमल्सेनाका अनुसार १६ ओटै क्वारेन्टाईनमा गरी जम्मा ४८ कुन्टल चामल , ४ सय ८० किलो चामल , १ सय ६० लिटर तेल , प्याज ३ सय २० किलो , आलु ८सय किलो , नुन ८० किलो, मास्क ४ हजार पिस सेनिटाईजर ८० जार र डिटोल सावुन १ सय ९२ पिस बितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै जिवन ज्योती स्कूलका प्रिन्सीपल जोमन जेम्सले समाजीक कार्यका लागि आफुहरु सधै तयार रहेको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यस अघि कोहलपुर १० को वडा कार्यालय मार्फत यस क्षेत्रका बिपन्नहरुलाई खाद्यान्न लगायत सहयोग गरेको स्मरण गराएका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जिवन ज्योति स्कूल शिक्षाका साथै समाजिक सेवाको क्षेत्रमा अग्रणी रहेको बताए । उनले हरेक बिपत्तिाका समयमा स्कुलले मानबिय सेवा गर्ने गरेको स्मरण गरे । उनले बिपत्तिका समयमा स्थानीय सरकारलाई सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।

Nabintech