३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पुनको परिवारलाई सहयोग जुट्दै,यी युवाले गरे खाद्यान्न सहयोग


राप्तीसोनारी (बाँके)/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ का गम्भिरे पुनको परिवारलाई सहयोग जुट्दै गएको छ । पुनको परिवारलाई मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका राप्तीसोनारी गाउँपालिका वडा नं २ का युवा खगेन्द्र वलीले खाद्यान्न सहयोग गरेका हुन ।

वलीले पुनको परिवारलाई चामल,दाल ,नुन ,तेल लगायतका अतिआवश्यक सामाग्री सहयोग गरेका हुन । वलीले नेपालमा रहेका आफ्नो भिनाजु नेव बहादुर खड्का मार्फत पुनको घरमै खाद्यान्न हस्तान्तरण गरिएको जानकारी दिए ।

सहयोग पछि प्रतिक्रिया दिदै वलीले कुनै पनि मानिस भोकै बस्नुपर्ने अवस्था न आओस् भनेर आफुले सक्दो सहयोग गरेको र आवश्यक परे थप खाद्यान्न सहयोग गर्ने बताए । पुनको परिवारले सहयोग गर्ने युवा खगेन्द्र वलीलाइ धन्यवाद दिएको छ ।

Nabintech