११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सफलताको कथा : जाँगर भए स्वदेशमै सम्भव छ समृद्धि, उदाहरणीय युवा यज्ञराज


कोहलपुर/सँगैका साथीहरु विदेशतिर हाँकिएको देखेर साथिभाईको लहैलहैमा लागेर कोहलपुर ८ पिपिरी का युवा यज्ञराज केसिले पनि पहिले बिदेश गएका थिए । तर उनले आफ्नो जिवनको दस बर्ष बिदेशी भुमिमा नै बिताउदा पनि घर खर्चको लागि भने जस्तो पैसा पठाउन सकेनन आफुले जुन सपना देखेर बार बार बिदेश आए त्यो सबै सपना चकनाचुर भयो । दस बर्ष बिदेशी भुमिमा नै आफ्नो श्रम मेहनत खर्च गर्दा नि भने जस्तो नभए पछि उनिले अब नेपालमै गएर म केही गर्छु भन्ने सोच राखेर बिदेश बाट फर्के अनि नेपालमै आएर कुखुरा पालन गर्न लागे सुरुमा थोरै कुखुरा पालेर सुरु गरेको व्यवसाय लाई अहिले लगातार चार बर्षको निरन्तर प्रयास र मेहनतले अहिले आफ्नै फर्म खोल्न सफल भएका छन् ।

सुरुमा त आफुलाई केही नआएको हुनाले एक दुई पटक चालीस /पचास हजार घाटा पनि बेहोर्नु परेको थियो। घाटा हुदा पनि कति नआत्तिएर निरन्तर कुखुरा पानलमै होमिन थाले आफ्नो निरन्तरताले एकदिन सफलता पाउने आशामा अहिले उनले गरेको आशा अनि मेहनत कोहलपुर क्षेत्रमै उदारणिय भएको छ।
कुखुरापालन गर्दा गर्दै अहिले आफू बस व्यवसायी समेत भएको बताउछन् । आफ्नो जिन्दगिको महत्वपूर्ण दस बर्ष बिदेशीभुमिमा बिताएको मा एक मनले उनी दुखी छ्न भने एकातर्फ बिदेशी भुमिमा कष्ट गर्दा नै आफुलाई नेपालमै गएर केही गर्ने हौसला मिलेको हुँदा उनी खुसी भएको पनि बताउछन् । उनले अहिले आफ्नो घरमै फर्म खोलेको हुनाले घरपरिवारको पनि साथ र सहयोग रहेको बताउछ्न। अहिले उनको आफ्नो छुट्टै फर्म छ अनि गाडी पनि उनी अहिले दुबै को व्यवसायी भएका छ्न तर दुई महिना देखि लकडाउन भएको ले गाडी घरमै थन्किएको छ गाडिबाट कुनै कमाइ अहिले नभएको तर कुखुरापालन फर्मबाट नै आफ्नो घर चलेको बताउछन् ।

पछिल्लो समय लकडाउन भए सङ्गै पहिले जस्तो व्यवसाय फस्टाउन नसकेको बताउछ्न भनेको बेला चल्ला, दाना पानी ,औषधि उपचार गराउन नपाउदा अहिले घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताउछन् ।
अहिलेसम्म उनले कृषि अनुदान भने पाएका छैनन् । अनुदानका लागि केही प्रक्रिया अघि नबढाएको बताए ।
तर उनले देशको अवस्था राम्रो बन्दै गएर युवाहरुले पाउने कृषि अनुदान आफुले नि पाए आफुले चार पाँच जना युवालाई रोजगार दिन सक्ने बताउछन् ।

अहिले उनको फर्म मा लोकल कुखुरा, टर्की , लौकाट कुखुरा, बटै लगायतका कुखुराहरु पाइन्छ्न । बुवा आमा श्रीमती छोरा छोरी गरि छ जनाको परिवार राम्रो सङ्ग चले सङ्ग कुखुरापालन बाटै फर्म खोली बस किन्न सफल भएका छन् । उनले आफू जस्तै युवालाई बिदेश गएर गर्ने दुख र मेहनतलाई नेपाल मै प्रयोग गर्न सक्यो भने आफ्नो सपना साकार गर्न बिदेशिको गुलाम बन्न नपर्ने बताए ।

सीप र क्षमता भएका युवाहरुमा लगानी गर्ने हो भने देश विकास हुन कति समय लाग्ला भन्दै उनले स्वदेशमै बसेर कृषिमा केही गर्न चाहने सीप, उत्साह र जाँगर भएका युवाहरुलाई सरकार अनि स्थानीय सरकारले लगानी गर्ने हो भने देशको समृद्धिका लागि ठूल्ठूला रणनीति बनाईरहन आवश्यक नै नपर्ने बताएका छन् ।

Nabintech