२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमितको शल्यक्रिया सफलता पूर्वक सम्पन्न


बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमित एक जनाको महिलाको आन्द्राको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिईएको छ । अछाम चौरपाटी गाउँपालिका वडा नं. ५ घर भएकी २५ वर्षकी १८ हप्ताकी गर्भवती महिलाको ठुलो आन्द्रामा समस्या भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. प्रदिप थापा नेतृत्वको टिमले सफलता पूर्वक शल्यक्रिया गरेको नेपालगञ्ज मेडिकल कलेजका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् । डा. श्रेष्ठका अनुसार उक्त महिला १० महिला भारतको मुम्बईबाट गाउँमा आई क्वरोन्टाईनमा बसी रहेको अवस्थामा बिरामी परी ४ दिन पहिला बयल पाटा हस्पिटलमा उपचाररत अवस्थामा बयलपाटा हस्पिटलले रिफर गरी हेलिकप्टर मार्फत सोमबार नेपालगञ्ज मेडिक कलेज कोहलपुर ल्याएको र उनीको स्वाब संकलन गरी कोरोनाको परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमीका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सबै सेवा ठप्प पारी कोरोना संक्रमित, गर्भवती र आन्द्राको शल्यक्रिया गर्न सफल भएको बताएका छन् । साथै उनले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सबै सेवाहरु बुधबारदेखि सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी दिएका छन् । कोरोना संक्रमित महिलाको उपचारमा संलग्न १४ जना डाक्टर र नर्सहरुलाई क्वारेन्टाईनमा राखिएको उनले बताएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर अनुप शर्माले बिरामीको अवस्था गम्भिर भएका कारण ठुलो जोखिम मिलेर शल्यक्रिया गरिएको उनले जानकारी दिएका छन् । कोरोना संक्रमित सँगै १८ हप्ताको गर्भवती र ठुलो आन्द्रामा समस्या भएका कारण बिरामीको उपचारमा विशेष ध्यान दिईरहेको र अहिले विरामीको अवस्था सुधारात्मक रहेको जानकारी दिएका छन् ।

Nabintech