१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका २९ कोरोना संक्रमित खुशि हुँदै घर फर्के


बाँकेको कोहलपुर स्थित कृषि विकास तालिम केन्द्रमा रहेको आईसोलेसनमा बसेका २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना गरी २९ जना डिस्चार्ज भएका छन् । कोहलपुरको आईसोलेसनमा बसेका ४० जना मध्ये २२ जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा बसेका २२ जनालाई बिदाई गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले घरमा गए ७ दिनसम्म उक्लै बस्नुपर्ने सुझाव दिएका छन् । साथै कोहलपुर नगरपालिकाले आईसोलेसनमा बसेकालाई आवश्यक स्रोत र साधानको प्रयोग गर्दै उचित व्यवस्थापन गरिएको जानकारी दिँदै कोरोना भाईसरको लडाईमा उच्च मनोवल आवश्यक रहेको बताएका छन् । जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले हालसम्म बाँकेबाट ९७ संक्रमित निको भएर घर गएको बताए ।
बाँकेमा २७९ जनामा कोरोना संक्रमण देखिएका छन् भने एक जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकामा मात्र एक सय १८ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ६० जना निको भइसकेका छन् ।

Nabintech