१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वलीद्दारा सामाजिक सुरक्षा भत्ताबाट पुनको परिवारलाई सहयोग


राप्तीसोनारी (बाँके)/बाँकेको राप्ती सोनारी गाउँ पालिका वडा नं ९ का गम्भीरे पुनको परिवारलाई राहत सहयोग जुटेको छ । पुनको परिवारलाई राप्तीसोनारी गाउँपालिका वडा न ९ कि ६७ वर्षीय डण्डीदेवी वलीले मंगलबार पुनको गाउँमै पुगेर राहत सहयोग गरेकि हुन ।

 

राहत हस्तान्तरण पछी प्रतिक्रिया दिदै वलीले आफुले एकल महिला बापतको प्राप्त गर्दै आएको रकम बाट पुनको परिवारलाई सहयो गरेको बताइन् ।

 

कोही पनि भोकै बस्न नपरोस् कसैको पनि चुल्हो बल्न नछोड भनेर आफुले सक्दो सहयोग गरेकी हुँ उनले भनिन । वलीले पुनको परिवारलाई ५० किलो चामल , ५ किलो पिठो, २ किलो चिउरा ,२ लिटर तेल, २ किलो दाल साबुन लगायतका सामाग्री गरि करिब ४ हजार बराबरको सामाग्री सहयोग गरेको बताइन् केहि दिन अघि नयाँ कोर्सअनलाइनमा पुनको अवस्था बारे समाचार प्रकाशित भएपछि राप्तीसोनारी ९ का नेकपाका वडाअध्यक्ष दल बहादुर खडकाको प्रयासमा राहत जुट्न सुरु भएको हो ।

Nabintech