१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउनमा संरचनाविहिन विद्यालय शिक्षा


विगतमा हाम्रो अभ्यासले औपचारिक शिक्षा संरचनाविहिन ढङ्गले सञ्चालन गर्ने परिकल्पनासमेत गर्न सक्दैन । तर कोभिड १९ माहामारीपछि हामी बन्दाबन्दीको अवस्थामा छौं । कोभिड १९ संक्रमणको जोखिम निरन्तर बढ्दो छ। अब विद्यालय र कक्षा कोठामा विद्यार्थी जम्मा गरेर पठनपाठन नियमित गर्ने सम्भावना भएन किनभने कक्षाकोठामा विद्यार्थी जम्मा गरेर संक्रमणको जोखिम व्यहोर्ने अवस्था पनि रहेन। त्यसमाथि हाम्रा सामुदायिक शिक्षालयका भवनहरू क्वारेण्टाईनका रूपमा प्रयोग भईरहेका छन्।

संस्थागत विद्यालयका भवन खाली भएतापनि त्यहाँ विद्यार्थी पठाएर अभिभावकहरूले जोखिम मोल्न चाहदैनन्। यस्तो अवस्थामा शैक्षिक सत्र नियमित गर्न भर्चुअल माध्यमको चर्चा भइरहेको छ। हाम्रो परिवेसमा यो कति सम्भव र प्रभावकारी रु बौद्धिक र सान्दर्भिक बहसको आवश्यकता भएको छ। सहरका केहि निजी शिक्षालयहरूमा भर्चुअल माध्यमबाट पठनपाठन गरिरहँदा शिक्षकहरू यो माध्यममा अभ्यस्त हुन नसकेर पीडा बोध गरिरहेका छन। तथापी कोभिड १९ ले भर्चुअल माध्यमको चर्चा र प्राथमिताभने बढाएको छ।

संस्थागत विद्यालयका शिक्षकहरू तनाबका बीच बाध्य भएर भर्चुअल कक्षामार्फत पढाउँदै छन भने सामुदायिक विद्यालयहरूले पनि सकिनसकी श्रोत साधन जुटाउन बोलपत्र आव्हान गर्दैछन। तर केहि अपवाद छोडेर सामुदायिक होस् कि संस्थागत दुवै विद्यालयहरूको क्षमता र शिक्षकको दक्षताले भर्चुअल कक्षा चलाउने अवस्था छैन। विद्यालयहरूले श्रोत साधनहरू त जुटाउलान तर शिक्षकसँग त्यो दक्षता होला कि नहोला, विद्यार्थीहरूले त्यो क्षमता राख्छन् कि राख्दैनन् ख्याल गरिएको पनि छैन। यस्तो अवस्थामा भर्चुअल कक्षा एउटा रहरमात्र हुन सक्ने आँकलन गर्न सकिन्छ। त्यसो भए अब विद्यार्थीहरूलाई कसरी पठनपाठनमा संलग्न गराउने त रु प्रश्न पेचिलो भएको छ। भर्चुअल माध्यम बाहेक अरू कुन तरिकाबाट विद्यार्थीहरूलाई पठनपाठनमा संलग्न गराउने र शिक्षकले विद्यार्थीहरूलाई कसरी सिकाउने भन्ने कोणबाट हामीले कार्ययोजना बनाउनु पर्छ। ति कार्ययोजनानुसार शिक्षकहरूलाई परिचालन गर्नुपर्छ। यसमा विद्यालयले अलि बढी लगानी त शिक्षकले दृढ ईच्छा शक्ति देखाउनै पर्छ। अभिभावकहरूले पनि अरू बेलामा भन्दा अझ बढी सतर्कता अपनाउनु पर्छ। विद्यार्थीहरूको सोच र व्यवहार पनि परिवर्तन हुनुपर्छ।

नेपालमा लामो समयदेखि दूर शिक्षा रेडियो र टिभीबाट सञ्चालन हुँदै आएको छ। यो कति प्रभावकारी भन्ने सवालमा कुनै अध्ययन गरिएको छैन्। हुन त विद्यालय शिक्षाको पनि प्रभाव मुल्यांकन गरिएको छैन। जसका कारणले शिक्षा व्यवस्थामा भएका खराबीहरू आधिकारिक रूपमा बाहिर आएका छैनन्। रह्यो कुरो भर्चुअल शिक्षा कति लाभदायी र प्रभावकारी भन्ने सवालमा अहिले नै धारणा बनाउन सकिंदैन। तर पनि हाम्रा सन्दर्भ, क्षमता र दक्षताको हिसाबले नेपालमा भर्चुअल माध्यम आज कै अवस्थामा प्रभावकारी हुन सक्दैन भन्न सकिन्छ। यसो भनेर यो तरिकालाई निरूत्साहित गर्नुपर्छ भन्ने होईन। सम्भव भएसम्म यो माध्यमबाट विद्यार्थीलाई सिकाउने, गृहकार्य दिने र त्यसको परीक्षण गर्न सकिन्छ। तर यसमै भर परेर अघि बढ्नु हुन्न। विश्वका विकसित मुलुकहरूले पनि भर्चुअल अथवा डिजिटल माध्यमबाट पठनपाठन गर्दा विद्यार्थीहरूको सिकाइ उपलब्धि राम्रो नभएको र गर्न नसकेको अनि सिर्जनात्मक पनि नभएको विभिन्न जर्नलहरू पढ्न पाईन्छ। अहिले युरोपका धेरै देशहरूमा कापी कलम किताबको प्रयोग गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्न थालिएको छ। हामीले पनि यी पक्षहरूलाई ख्याल गरेर कोभिड १९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्न भर्चुअलसहित वैकल्पिक उपायहरूमा जानु नै पर्छ।

अब प्रश्न उठ्छ, के हुन त ति उपायहरू रु सबै सहमत हुने सहज उत्तर सम्भव नभएतापनि बढी प्रभावकारी माध्यम औपचारिक तर संरचनाविहिन पठनपाठन प्रक्रिया नै हो । बेग्लै अभ्यास र प्रक्रियामा अभ्यस्त विद्यालय प्रशासन र शिक्षकका लागि संरचनाविहिन कक्षा झण्झटिलो लाग्छ नै। किनभने यसमा विद्यालय र शिक्षकको भूमिका र सक्रियता बढी हुन्छ। समय पनि बढी आवश्यक पर्छ। शिक्षण तथा मुल्यांकन विधि पनि विगतमा अभ्यास गरेजस्तो हुने छैन। बहु विधि अपनाउनु पर्छ। प्रत्येक विद्यार्थीको विवरण अध्यावधिक राखेर मुल्यांकन गर्नुपर्छ।

संरचनाविहिन कक्षामा शिक्षकले विद्यार्थीहरूको घर र समुदायसम्म पुग्नुपर्छ। शिक्षकहरूले आफूलाई गतिशिल र सक्रिय बनाउनु पर्छ। समुदायसँगको प्रत्यक्ष सम्पर्क र अन्तरक्रिया पनि गर्नुपर्छ। अपवाद छोडेर धेरै शिक्षकहरूका लागि यो तरिका कष्टकर हुनसक्छ। किनभने सामजिक दुरी पनि कायम गर्नुपर्छ। तर कोभिड १९ ले शिक्षकहरूको ईच्छाशक्ति, क्षमता र दक्षतालाई परीक्षण गर्न खोज्दैछ। यो चुनौतीलाई स्विकारेर शिक्षकहरूले आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने भएको छ। अन्यथा समुदायले शिक्षकलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्ने देखिदैन्। साथै सार्वजनिक शिक्षाप्रति समुदायको विश्वास जित्ने अवसर पनि गुम्छ। त्यसैले आजको चुनौतीहरूलाई अवसरका रूपमा लिएर कार्यशील हुनु बाहेक अर्को विकल्प छैन। फेरि आज केन्द्रको निर्देशन कुरेर बस्ने पनि हैन। स्थानीय तहमा सान्दर्भिक हुने गरी निर्णय गर्दै ईमानदारपूर्वक काममा लाग्ने हो। तराईमा एउटा तरिका काम लाग्न सक्छभने हिमाल पहाडमा अर्कै। भौगोलिक, भाषिक र सांस्कृतिक परिवेसलाई पनि ख्याल गरेर अघि बढ्नु पर्ने हुन्छ।

विद्यालय प्रशासनका लागि शिक्षक कसरी परिचालन गर्ने, समय कसरी मिलाउने र श्रोतहरू कसरी व्यवस्थापन गर्ने चुनौती हुनसक्छ। अस्वभाविक भएन किनभने भिन्न विद्यालयले समुदायमा मिलेर काम गर्नुपर्छ। यतिखेर विद्यालय र शिक्षकले राष्ट्रको हितमा बढी योगदान दिने होभने चुनौतीहरूलाई सहर्ष स्विकारेर आफ्नो उपस्थितिलाई प्रभावकारी र महत्त्वपूर्ण बनाउनु नै पर्छ। समयले विद्यालय र शिक्षकको त्यो प्रतिबद्धता खोजेको छ। विद्यालय र शिक्षकहरूप्रति समुदायमा उठेका प्रश्नहरूको ठीक उत्तर दिने योभन्दा सुवर्ण अवसर फेरि अर्को प्राप्त हुनेवाला छैन। यो अवसरको पूर्ण सदुपयोग गर्न सम्बन्धित सरोकारवालाहरू सकारात्मक र सिर्जनात्मक बन्नै पर्छ। अर्को विकल्प तत्काल देखिदैन।

आजको शिक्षकको चेतनाले यो चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्न सक्छ त रु आफ्नो विगतको अभ्यास र बानीमा परिवर्तन गर्न सक्लान त रु नसक्ने कुनै त्यस्तो कारण छैन किनभने शिक्षक आफै जलेर अरूलाई उज्यालो दिन रमाउने वर्गमा पर्छ। विगतका केहि कमिकमजोरीका बावजुद शिक्षकहरूले त्यो क्षमता राख्छन्। कुरो यति हो, उनीहरूले आफ्नो सोच, बानी र व्यहोरामा सुधारभने गर्नैपर्छ। विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकहरूले पनि शिक्षकलाई नयाँ परिवेसमा काम गर्न यथोचित समन्वय र सहयोगभने गर्नैपर्छ। घर वा समुदायमा कक्षाकोठाका जस्तो एउटै कक्षाका विद्यार्थी एकठाउँमा भेटिदैनन्। तिनीहरूलाई एकै तरिकाले गाईड र सहयोग गर्न पनि सकिदैन। त्यसैले बहु विधिमार्फत शिक्षण क्रियाकलाप गर्न शिक्षकहरू कम्तिमा दुईजनाको समुहमा परिचालित गर्नुपर्छ। फेरि विद्यार्थीहरूमा पनि माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई सहयोग गर्न प्रोत्साहित गर्दै शिक्षण क्रियाकलाप प्रभावकारी बनाउनु पर्छ।

शिक्षण क्रियाकलापमा प्रयोग गरिने सम्भावित तरिकाहरू रु

१. व्याख्यान र प्रयोगात्मक व्यक्तिगत वा समुहे

२. सिर्जनात्मक क्रियाकलापहरू जस्तैः व्यक्ति तथा समुहमा परियोजना कार्य

३. उपलब्ध प्रविधि र माध्यमको प्रयोग

४. अभ्यास गराएर र गृहकार्य दिएर

५। मिलेर सिक्ने सिकाउने

६.सम्भव भएसम्म भर्चुअल माध्यमबाट गृहकार्य दिने र परीक्षण गर्ने

७. अभिभावकहरूसँग समन्वय गरेर विद्यार्थीहरूमा स्वअध्ययनको बानी बढाउने

शिक्षक आफैंले आफ्नो अनुभवबाट सिकेका सिप तथा कलालाई प्रयोग गरेर विद्यार्थीहरूलाई पठनपाठनमा संलग्न हुन प्रोत्साहित गर्ने। संरचनाविहिन औपचारिक शिक्षामा विद्यार्थीहरूमा स्वअध्ययन बानीको विकास र बढी जान्नेले कम जान्नेलाई सिकाउने, सहयोग गर्ने वा गाउँघर कोही लेखपढ गरेका व्यक्तिहरूले सहयोग गर्न चाहन्छन भने तिनीहरूको सहयोग लिने। कोभिड १९ पछि संरचनात्मक ढाँचामा नै फर्किने हुनाले तात्कालका लागि विद्यार्थीहरूलाई क्रियाशिल गराई राख्न पनि शिक्षण क्रियाकलापमा सक्रिय बनाउन अहिले शिक्षकको गतिशिलता खोजिएको हो।

Nabintech