११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रुपन्देही हत्या प्रकरण : पाँच जनाको हत्या गर्ने ब्यक्ति एउटै फर्मका कामदार


रुपन्देही/  रुपन्देही तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने ब्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरु हुन । दुई जना भने स्थानीय हुन ।
मृतकहरुमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरुको पुरा परिचय अझै खुलेको छैन । सो फर्म स्थानीय कृष्ण पुनको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका थिए ।
सिंजालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताए । स्थानीयले सिंजाली मानसिक सन्तुलन गुमाएका ब्यक्ति रहेको जनाएका छन् ।

फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिंजालीले राती ९ः०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेरे आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Nabintech