९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा एक महिलालाई कोरोना पुष्टि पछि अस्पताल शिल


कोहलपुर /अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की महिलालाई कोरोना पुष्टि भ  एको छ । हिजो सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाएकोे थियो ।

उनीसंगै हेलिकप्टमा बेलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ भन्ने ब्यक्तिले आफ्नै ज्यानमा आगो लगाए पछि उनलाई पनि सोहि हेलिकप्टरमा ल्याइएको थियो । अहिल्े सिद्धार्थको मृत्युु भैसकेको छ भने उनको् अजै पिसिआर चेक गरिदै छ । यता महिलालाई कोरोना पुष्टि भएको हो । महिला केहि समय अघि बम्बई देखि नेपाल आएर क्वारेन्टाईनमा बसेकी थिईन ।

अनके आज मंगलबार पेटको अप्रेसन हुने डा. दिनेश श्रेष्ठले बताए । अहिले महिलासंग सम्पर्कमा आएका १४ जना अस्पताल कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ भने अस्पतालको ओ.पि.डी सेवा बन्द गरिएको समेत श्रेष्ठले जनाए ।

Nabintech