२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
साँसद उषाद्वारा क्वारेन्टाइनमा सहयोग


कोहलपुर / ५ न प्रदेश साँसद पार्बती पुन उषाले क्वारेन्टाइनमा रहेकाहरुको लागी खाद्यान्न सामाग्री बितरण गर्नु भएको   छ ।

५ न प्रदेशको नेकपा सँसदिय दलको सचेतक समेत रहनु भएकी साँसद उषाले सोमबार आफ्नो जन्मदिनको अवसरमा कोहलपुर ४ स्थित सगरमाथा ज्ञानपुन्ज मा बि मा रहेको क्वारेन्टाइनमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

कोहलपुर नगरपालिका वडा नँ ४ का वडा अध्यक्ष तिरथराम थारुलाइ खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै आफ्नो जन्मदिनको अवसरका रुपमा यस क्वारिनटाइनमा रहेकाहरुलाइ २/४ छाक खाना खुवाउने अभीप्रायले यो सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।साँसद उषाले क्वारीनटाइनमा बसेका युवाहरु सँग स्वास्थ्य अवस्थाको बारेमा जाारी लिदै आत्मवल बढाउनु पर्ने बताउदै निर्धक्क बस्न आग्रह गर्नु भयो । दुइ महिला सहित १३ जना रहेको उक्त क्वारीन टाइनमा साँसद उषाले ४ बोरा चामल ५ के जी दाल र ४ पाकेट तेल हस्तान्तरण गर्नुभएको थीयो ।

Nabintech