कोहलपुर/ पत्रकार निर्मल आचार्यले रक्तदान गरेका छन् । बैबाहिक वर्ष गाँठको अवसर पारी उनले रक्तदान गरेका हुन् । उनिसँगै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बाँकका अध्यक्ष एवं नेपाल तरुण दलका नेता बिरेन्द्र सिंहले रक्तदान पनि रक्तदान गरेका छन् । सिंहले जन्म दिनको अवसर पारी रक्तदान गरेका हुन् ।
उनिहरुले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुरमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार केन्द्रमा गएर रक्तदान गरेका हुन् ।
कोरोना भाइरसका कारण रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएकाले आफ्नो विशेष दिन पारेर रक्तदान गरेको पत्रकार आचार्यले बताए ।
रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र कुमार महतराले रगत अभावको जानकारी गराएपछि रगत अभाव परिपुर्तिको प्रयास स्वरूप रक्तदानमा स्वस्फुर्त रुरुपमा सहभागी भएको बताए ।
आफ्नो विशेष दिनमा रक्तदान व्यक्तिगत तवरबाट पहिलो कार्यक्रम भएको कोहलपुर इकाई प्रमुख महतराको भनाई रहेको छ । सोमबार दिउसो सम्म २० पिन्ट रगत संकलन भएको छ ।