२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भेरी अस्पतालको पिसिआर युनिटलाई काम गर्न गाह्रो


नेपालगञ्ज/ बाँकेको भेरी अस्पतालमा परीक्षण हुने कोरोनाको नमुना बाहिरी जिल्लाबाट धेरै मात्रामा आउँदा बाँकेका नमुनाका रिपोर्ट समयमै दिन सकेको छैन ।

बाहिरी जिल्लाबाट दैनिक रुपमा धेरै स्याम्पल आउँदा भेरी अस्पताल पिसिआर युनिटलाई काम गर्न ग्राहो भएको र कामको भारका कारण बाँके जिल्लाका स्याम्पलको रिपोर्ट समयमै दिन असहज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बाँके र बर्दियाका स्याम्पलको मात्र काम गर्न पाए रिजल्ट दिन सहज हुन्थ्यो तर, मध्ये र सुदुरपस्चिमका अन्य जिल्लाहरुबाट पनि धमाधम स्याम्पल आइरहेका छन यस्ले गर्दा छिटो रिपोर्ट दिन ग्राहो परेको बताए ।

भेरीको पिसिआर मेशिन २४ सै घण्टा लगाएर दुई सिफ्टमा संचालन गरिरहेको उनले जानकारी दिए । ‘नेगेटिभ रिजल्ट देखियो भने छिटो छिटो हुन्छ तर पोजेटिभ रिजल्ट देखिएमा समय बढी लाग्छ’ उनले भने ।

बाहिरी जिल्लाबाट आउने स्याम्पलको अत्याधिक चाँपले गर्दा छिटो रिजल्ट दिन नसकिइरहेको उनले बताए ।

Nabintech