२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घरमा एक मुठी चामल छैन के खाएर बाँच्ने चिन्ता छ


राप्तीसोनरी (बाँके)/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ९ महादेवाका गम्भीरे पुनले मजदुरी गरेर परिवार पाल्दै आएका थिए । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गरेपछि त्यसपछि उनको मजदुरी समेत हरायो । सम्पत्तिको नाम एउटा सानो घर मात्रै रहेका ५५ वर्षीय पुन यतिबेला खानाको चरम अभाव झेल्नुपरेको छ ।

सामान्य मजदुरी गरेर र डोकोडालो बुनेर जिविका चलाउदै आएका पुनलाई सुरुमा वडाकार्यालयले १२ किलो चामल दिएर छाक टार्दै आएका थिए । तर सो चामल सकिए पछि भने पुनको परिवार विचल्लीमा परेको छ । केहि दिन त पैचो मागेर खाए घरमा चामलको गेडा छैन अब के खाएर बाँच्ने भन्ने चिन्ता छ भावुक हुँदै पुनले दुखेसो पोखे , खेतीपाती गरौं भने जग्गा जमिन छैन । मजदुरी गर्ने अवस्था पनि छैन छाक टार्नै गाह्रो भो कहिलेकाही त भोकै बस्नुपर्छ के गर्ने उनले भने , दस वर्ष अघि रुकुम बाट आएका पुनको परिवारमा अहिले उनकी छोरी र श्रीमती रहेका छ्न । पुनकी छोरी कमलाले समेत कापीकलम किन्ने पैसा नभए पछि पढ्न छोडेको उनले बताए । घरमा खाने कुरा समेत नहुने भएपछि छोरीलाइ पढाउन सकिएन समस्यामा छु उनले भने

उनकी छिमेकी विष्णु खड्काले पटकपटक आफुले २र४ किलो चामल दिएर सहयोग गरेको बताइन् । कहिलेकाही भोकै बस्ने अवस्था आएपछि छाक टार्नलाइ सक्दो चामल दिएको उनले बताइन । दैनिक रूपमा छाक टार्न समस्या भएपछि पुनको परिवारले छाक टार्न सहयोग गरिदिन आग्रह गरेको छ ।

Nabintech