११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका शिक्षककालागी ७ दिने अनलाइन प्राविधिक क्षमता बिकास तालिम शुरु 


कोहलपुर/अङ्ग्रेजी शिक्षकहरुको संगठन नेल्टा बाँकेले  बाँकेका शिक्षकहरुका लागी ७ दिने प्राविधिक क्षमता बिकास तालिमको को शुरुवात गरेको छ। महामारिको समयमै गत चैत्र महिनामा अङ्ग्रेजी शिक्षकहरुका लागी पहिलो चरणको २० दिने तालिम कार्यक्रम सम्पन्न गरि सकेको नेल्टा बाँकेले, यो बन्दाबन्दीको समयमै, अङ्ग्रेजी तथा अन्य विषयका शिक्षकहरुका लागी दोस्रो चरणको तालिम शुरुवात गरेको हो।

नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नेल्टाका राष्ट्रिय अध्यक्ष मोतिकला सुब्बा देवानको प्रमुख आथित्यता भएको थियो भने बाँकेका सबै स्थानिय निकायका शिक्षा शाखा प्रमुखहरुलाइ बिशिष्ट अतिथिको रुपमा निम्ताइएको कार्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले नेल्टाले गरेका कार्यक्रमले सरकारलाइ नै सहयोग पुग्ने गतिविधिहरु गरेकाले नगर शिक्षाले पुर्ण सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो, भने नेपालगंज नगर शिक्षा प्रमुख गोर्ख बहादुर थापाले तालिमले शिक्षकको पेशागत र प्राविधिक क्षमता बिकास हुने विश्वास व्यक्त गर्नु भयो ।

१०० जना शिक्षकहरु सहभागी रहेको कार्यक्रममा, शुभकामना मन्तव्य राख्दै सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बाँकेका अध्यक्ष बाबुराम अधिकारीले नेल्टाले गरेका यस प्रकारका तालिमले यो महामारिको बेला शिक्षकलाइ धेरै उपयोगी हुने र सोसन बाँकेको समेत सहकार्य र सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।
तालिम उद्घाटन कार्यक्रममा प्रमोद सुवेदीले स्वागत मन्तव्य दिनुभएको थियो । जुम बाट सञ्चालित कार्यक्रमको सञ्चालन नेल्टा बाँकेका उपाध्यक्ष टर्क बहादुर खत्रीले गर्नु भएको थियो । तालिम दिनको २ बजे देखि ५ बजे सम्म सञ्चालन हुने र जुनसुकै विषयका शिक्षक लाभान्वित हुने नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काले बताउनु भयो ।

Nabintech