११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नमूना विद्यालय प्रभात माबिमा नमूना क्वारेन्टाईन

क्वारेन्टाइन नमूना बनाउँन जुटे नेकपाका नेता दिपक जिएम



कोहलपुर/ आईतवार साँझ ५ बजे युवा संघका नेता समेत रहेका दिपक जिएम प्रभात नमूना माध्यामिक बिद्यालयमा तरकारी काट्दै गरेको भेटिए । आरडिटी जाँचमा पोजेटिभ देखिएका २ जना सहित ९४ जना लाई सन्तुलित खाना बनाउन उनलाई भ्याई नभ्याई थियो । नेकपाका नेता समेत रहेका जिएम र अन्य ३ जनाको टोलि साँझको खाना तायारीमा जुटि रहेको थियो ।

अरडिटी पोजेटिभ देखिएकाहरुलाई,नियमित दुध अण्डा , हरियो साँग र गेडा गुडी सहितको खाना र अन्यलाई हरियो तरकारी दाल र भात तयारी गर्दै थिए उनि ।
नयाँ कोर्ससंगको कुराकानिमा जिएमले आरडिटी पोजेटिभ देखिएकाहरुलाई राज्यले तोकोको भन्दा राम्रो पौष्टिक आहार खुवाउने गरेको बताए । दुघ र अण्डा स्थानीय बिभिन्न व्यक्ति,संघ–संस्थाहरुले सहयोग गर्ने गरेको उनको भनाई छ । हरियो तरकारी केहि मात्रामा सहयोग आउने गरेको र केही किनेर खुवाउने गरेको उनले सुनाए ।
सुरु सुरुमा क्वारेन्टाईन राख्दा आफ्ना बाल बालिका समेत बिद्यालय पठाउँदैनौ भन्ने अभिभावकहरु क्रमस क्वारेन्टाईन व्यवस्थापनमा सहयोगी बन्दै गएको उनको भनाई छ । सुरुमा चेतनाको कमिले बिरोधका स्वरहरु सुनिए पनि पछि क्रमस नास्ताको व्यववस्थापन स्थानिय बाटै भई रहेको उनको अनुभव छ ।

त्यसोत क्वारेन्टाईनमा बिहान आधा घन्टाको व्याम पछि ७ बजे चना अण्डा र चिया सहितको नास्ता , त्यसपछि ११ बजे बिहानको खाना र साँझको खाना खुवाउने गरिएको छ । सुरुमा कम मानिसहरु हुँदा खाना नास्ता ४ पटक खुवाउने गरेको भएपनि संख्या बढदै गएपछि ३ पटक पकाउन पनि हम्मे हम्मे पर्ने गरेको छ ।
बिहानको नास्ना पछि खानाको तयारी र बिहानको खाना पछि साझको खाना बनाउन हम्मे हम्मे पर्ने गरेको उनले सुनाए ।

जिएमका अनुसार क्वारेन्टाईनमा बसेकाहरुलाई हप्ताको २ पटक मासु समेत खुवाउने गरिएको छ । हाल सम्म सहयोगी मनहरुद्धारा क्वारेन्टाईनमा मासुको जोहो गरी रहेको उनले नयाँ कार्सलाई बताए ।

जेठ ९ गतेबाट सुरु गरेको क्वारेन्टाईनबाट हाल सम्म आरडिटी जाँच गरेको ८६ जनालाई बिदाई गरिएको छ भने २ जनाको पोजेटिभ रिपोर्ट आएकाले पिसिआर जाँचका लागि स्वाव संकलन गरि पठाईएको दिपक जिएम ले बताए ।

बैजनाथ ५ मा प्रभात माध्यामिक बिद्यालय बाहेक नेरा माबि गुरुवा गाँउ , आधारभुत माबि बनकटना र आधारभुत माबि छमनियामा पनि क्वारेन्टाईन रहेकाले सो वडाका अध्यक्ष लाई भ्याई नभ्याई छ । प्रभात माबिको क्वारेन्टाईनको व्यवस्थापनको जिम्मा सम्पुर्ण रुपमा दिपक जिएम ले नै सम्हालेका छन ।

दिन रात नभनि खटिएका नेकपाका नेता समेत रहेका उनी रातको समयमा पनि बिद्यालयमा वस्ने गरेको बताए । उनले रातिको ९ बजे क्वारेन्टाईनमा बसेकाहरुको हाजिरी लिने गरेको जानकारी दिए । कतिपय भग्न सक्ने भएकाले रातिमा हाजिरी लिने गरेको उनको भनाई छ ।

नमुना बिद्यालय भएकाले प्रयाप्त सुबिधा युक्त भवन , शुद्ध खानेपानिको धारा , ट्वाईलेट रहेकाले हाल सम्म कुनै समस्या नरहेको उनको भनाई छ । संख्या थपिदै गए कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनले बताए ।

क्वारेन्टाईनमा बसेकाहरुको पिसिआर जाँच रिपोट पोजेटिभ आएमा बनकटावा स्वाथ्य चौकीमा रहेको आईसुलेसन वार्डमा राखिने उनले बताए ।
बैजनाथ गाँउपालिका अन्र्तगत बिभिन्न क्वारेन्टाईनहरुमा १ हजार बढि मानिसहरु भारतबाट आए क्वारेन्टाईनहरुमा वसेका छन ।

नेकपा नेता दिपेन्द्र शाह युगान्तले बैजनाथ पालिका भरी क्वारेन्टाईन व्यवस्थीत गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्वयम सेवक परिचालन गरेको बताए । उनले नेकपाको सरकार रहेको अनुभुति दिने गरि व्यवस्थीत क्वारेन्टाईन बनाउन आफुहरु लागि परेको नयाँ कोर्स लाई बताए ।

क्वारेन्टाईन बाट फर्केकाको घर घरमा पुग्छन पूर्व मन्त्री सुनार

पूर्व मन्त्री तथा नेकपाका नेता दल बहादुर सुनारको दैनिकी पनि उस्तै छ । आफु बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको बिद्यालयको क्वारेन्टाईनको व्यवस्थापनमा खटिनुका साथै पिसिआर जाँच गरि घर गएकाहरुको घर सम्मै पुग्ने गरेका छन सुनार ।

क्वारेन्टाईनमा भेटिएका सुनार भरखरै मचेरा गाँउमा पुगेर आएको सुनाए । क्वारेन्टाईनमा बसेर पिसिआर जाँच पछि घर गएकाहरुलाई गाँउलेहरुले फरक दृष्टीकोणले हेर्ने गरेकाले आफु गाउँघर सम्मै पुगेर सम्झाउने गरेको उनले बताए ।

उनले मचेरा गाँउ पुगेर समाजका अगुवाहरुलाई सम्झाएको र घरमा होम क्वारेन्टाईनमा बस्ने बिधी बारे पनि सिकाउने गरेको उनले बताए ।
क्वारेन्टाईनमा बसेकाहरुलाई पनि घरमा गएर होम क्वारेन्टाईनमा बस्ने बिधी बारे सुसुचित गर्ने गरेको उनले सुनाए ।

बैजनाथ भरिका सकै क्वारेन्टाईनहरुमा पुग्ने गरेको बनाउने सुनारले बाँके जिल्ला भरको नमुना क्वारेन्टाईन बैजनाथमा बनाउने अभियानमा आफु रहेको सुनाए ।

Nabintech