७ असार २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भर्चुअल कक्षाले विद्यार्थीमा विभेद


नेपालगन्ज / चिनका बुहानबाट जन्मीएको कोरोना भाइरस नेपालमा पनि पसे पछि चैत्र ११गतेदेखि नेपालमा लकडाउन भएसगै बन्द भएका कुनै कुनै विद्यालयले भर्चुअल कक्षा संचालन गरेका छन् ।

भर्चुअल कक्षा संचालन गरेपनि सबैमा नेट र मोबाइलको पहुच नभएका कारण नेट र मोबाइल किन्न नसक्ने विद्यार्थीले पढ्न नपाउदा धनि र गरीव भनि विद्यार्थीमा विभेद भएको देखिन्छ । पढ्न नपाएका विद्यार्थीमा हिनताबोध भएको आइतवार क्रियाशील पत्रकार महिला को आयोजनामा सम्पन्न सन्डे क्वलमा जागीरे महिलामा पारेको मनोसामाजिक असर विषयक भर्चुअल जुममा अन्तरक्रियामा चर्चा गरीएको क्रियाशील पत्रकार महिलाका पुर्व केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी गराउनु भयो ।

क्रियाशील पत्रकार महिला पत्रकारका केन्दीय अध्यक्ष अम्बिका राजथलाले सण्डे क्लवलाइ निरन्तरता दिन सन्डेक्लबको आयोजना गरी पत्रकार महिलाहरुमा
आफ्नो पेशाप्रति प्रेरणा जगाउने बन्दाबन्दीको अवस्थामा पत्रकार महिलाहरुलाइ कसरी मानसीक स्वास्थ्य बनाउने उदेश्यले जुम कार्यक्रम गरिएको जानकारी गराउनु भयो ,
अन्तरकृया कार्यक्रममा पहिला नीजि र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु विच विभेद भएपनि अहिले भर्चुअल जुम कक्षामाले गर्दा नीजि विद्यालयमा पढ्नेहरु विच पनि विभेद पैदा भएको , गरीव निमुखा विद्यार्थीहरुको पहुँच इन्टरनेटमा नपुगेको, महिलाहरुलाइ मानसिक असर परेको, सबै परिवार घरमा रहने हुदा पटकपटक खाना पकाउने खुवाउने गर्दा महिलालाइ घरको काम र आफ्नो पेशाको जिम्मेवारी निभाउनु पर्दा बढि मानसिक टेन्सन हुने गरेको, विद्यालय जान नपाएका विद्यार्थीहरुलाइ घरको काम सिकाउने मौका भएको भन्दै कामकाजी महिला घरमा बस्नुपर्दा पूरुष फुर्सदिला र महिला
लाइ घरको काम मा बढि व्यस्त रहनु परेको चर्चा गरीएको थियो । कार्यक्रममा मनोविमर्शकर्ता प्रेम नारायण भुसालले मानसिक टेन्सनका लक्षणहरु र समाधानका उपायमा केहि टिप्सहरुका सवालमा प्रशिक्षण दिनु भएको थियो ।

Nabintech