३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६६० जना घर फर्के


कोहलपुर /भारतबाट  फर्किएकाको कोरोना जाँच गर्दा खजुरामा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पुस्टी भएका १६ मध्य १३ जनालाई कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखिएको छ भने आज संक्रमण देखिएका ३ जनालाई डेन्टल अस्पताल नेपालगन्ज लिने तयारी भएको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले जानकारी दिए ।

उनका अनुसार हालसम्म खजुरामा ५२६ जनाको पिसिआर र २७१ जनाको आरडिटी परीक्षण गरिएको छ । विभिन्न क्वारेन्टिनमा हाल ५८९ जना बसेका छ्न । समय अवधि पुगेकाहरुको आरडिटी र पिसिआर जांचपछि रिपोर्ट नेगेटिभ आएकालाई ७ दिन होम क्वारेन्टिनमा रहने गरि घर पठाइएको छ । फर्किएका छन् । स्वास्थ्य शाखा प्रमुख खड्का अनुसार खजुरामै गरिएको जाँचमा कोरोना देखिएकी स्वास्थ्यकर्मीले भने कोरोना जितेर घर फर्किएकी छिन ।

Nabintech