१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कर्णालीमा जलविद्युत आयोजनाको अध्ययन गरिने


सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । उनले भने, ‘आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताए । उक्त आयोजना अध्ययनका लागि रु दुई करोड पाँच लाख आठ हजार रकम विनियोजन भएको छ ।

डोल्पाको ५०० मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले रु पाँच करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । रासस

Nabintech