२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लैंगिक बजेटको प्रतिशत तोक्न माग


नेपालगन्ज/ स्थानिय तहमा लैंगिक बजेटको प्रतिशत नतोकेसम्म महिला मैत्री लैंगिक बजेट नआउने कुरा महिला मानबअधिकार रक्षक संजालद्धारा आयोजना गरीएको भर्चुअल जुममा गरिएको छ । स्थानिय तहमा लैंगिक संवेदनसील बजेट कसरी निर्माण गर्न सकिन्छ भन्ने सम्बन्धि विज्ञहरुद्धारा अन्तरक्रियात्मक प्रशिक्षणमा जोड दिएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनु भयो ।

३ जना विज्ञद्धारा प्रस्तुत गरीएको पस्तुतिमा कृषिमा महिलाको संलग्नतालाइ बढाउनु पर्ने,सामुहिक खेति पशुपालन,समग्र कृषि पहिचान गर्न सक्ने कार्यक्रम के के हुन ? कर मिनाह कसरी गर्ने,हिंसा प्रभावित महिलालाइ आत्मसम्मान पुर्वक बाँच्न सक्ने कार्यक्रमहरु तय गर्नुपर्ने, सामाजिक हानीकारक हिंसा मुक्त गाउँपालिका अभियान, सामाजित न्याय सहितका कार्यक्रम, जेण्डर विधि, प्रत्येक गाउँपालिकामा सेफ हाउस निर्माण, जेष्ठ नागरिकहरुको निम्ति पैरविका कार्यक्रम, जेण्डर बजेटिड अनिवार्य राख्ने, महिलाको श्रमलाइ उत्पादनमा मुल्यांकन गर्ने, महिला मैत्री लैंगिक बजेट हुनु पर्ने जस्ता विविध सवालमा ३ जना विज्ञ राष्टिय सभा सांसद डा. विमला राई पौडेल, पुर्व सचिब तथा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा, कृषि विज्ञ यमुना घलेले स्थानिय तहमा लैंगिक संबेदनसील बजेट निर्माण गर्न सकिने सुझाब सहित आ आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

२ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकको राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले स्थानिय तहमा न्ययीक समितिमा कानुन विद नहुदा न्यायीक समितिलाइ काम गर्न कठिन भएकोले प्रत्येक स्थानिय तहमा कानुन विद राख्नु पर्ने, बताउदै प्रत्येक स्थानिय तहमा लैंगिक बजेट छुट्टाएर महिलाको सशक्तिकरणमा नै खर्च गर्नु पर्ने बताउनु भयो ।उहाँले महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल नेपाल भरिकै महिला मानव अधिकार रक्षकहरुको अधिकार प्रबर्द्धन गर्ने सामूहिक स्थान हो । महिला मानव अधिकार रक्षकहरुले भोगिरहनुभएको समकालीन चुनौतीहरु सम्बोधन गर्न २००७ मा स्थापना भएको महिला मानव अधिकार रक्षकहरु र सम्बद्ध संस्थाहरुको संजाल हो । यो संजाल हाल देशको ७७ जिल्लामै क्रियाशील छ र विभिन्न स्व–प्रतिनिधि महिला अधिकार समूह र आन्दोलनहरु यसमा जोडिनुभएको छ भन्दै सबैलाई एक भएर आफ्नो मागमा अडिक रहन आग्रह समेत गर्नु भएको छ ।

Nabintech