२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ मा ४ हजार स्वाब परिक्षण गर्न बाकी

बाँकेको भेरी अस्पतालमा ५०२ स्वाब परिक्षण गर्न बाकी



रुपन्देही /कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको प्रदेश ५ मा परीक्षणमा भने ढिलासुस्ती छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४ हजार २७ स्वाबको परीक्षण भएको छैन । जसमध्ये सबैभन्दा धेरै दाङको राप्ती विज्ञान प्रतिष्ठानमा एक हजार ५६५ स्वाब परीक्षणका लागि पालो कुरेका छन् ।

यस्तै, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा एक हजार ६४ र बाँकेको भेरी अस्पतालमा ५०२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ९७४ र वागमती प्रदेशको हेटौंडामा १०२ स्वाब परीक्षणको पर्खाइमा रहेका छन् ।

प्रदेशमा रहेका प्रयोगशालाको क्षमता बढाउन नसक्दा स्वाब संकलन र परीक्षण कमजोर बनेको हो । त्यसैले १० दिनअघि स्वाब संकलन गरिएका व्यक्तिको अझै परीक्षण हुन सकेको छैन ।

प्रदेश सरकारले स्वाब परीक्षणको दायरा बढाउन भैरहवामा रहेको दुवै मेनिस सञ्‍चालनमा ल्याउने र २४ सै घण्टा परीक्षण गर्ने निर्णय गरे पनि कर्मचारी व्यवस्थापन र उपकरण लगायतका कारण ढिलाइ भएको छ ।

हाल प्रदेशभित्रका तीनवटा प्रयोगशालाले दैनिक १०० वटाका दरले जम्मा ३०० नमुना मात्र परीक्षण गर्दै आएको छ ।

यस प्रदेशमा शनिबार बिहानसम्म ९६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमध्ये ४ जनाको मृत्यु भएको छ

Nabintech