भारत र चीनबिच सीमा विवाद समाधानको प्रयास स्वरुप शनिबार वार्ता हुँदैछ । पछिल्ला दिनमा सीमामा देखिएको सैन्य तनाव अन्त्य गर्नका लागि भारत र चीनका लेफ्टिनेन्ट जनरल तहमा वार्ता हुँदैछ ।
पछिल्लो एक महिनादेखि भारत र चीनबिच लद्दाखको पैंगान्ग ताल र लद्दाखको गलवान उपत्यकाको संवेदनशील क्षेत्रलाई लिएर तनाव छ । भारतको पहलमा दुई देशका लेफ्टिनेन्ट जनरल तहमा वार्ता भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्ता वास्तविक नियन्त्रण रेखा नजिक चुशूल–मोल्दोमा रहेको सीमा चौकीमा भइरहेको हो ।
वार्तामा भारतमा तर्फबाट भारतीय सेनाका १४ औँ बरियताका कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह सामेल छन् । चीनका तर्फबाट उनका समकक्षी सहभागी रहेका छन् ।
नियन्त्रण रेखामा अतिक्रमण बढेको दुवै तर्फको आरोप छ र यसलाई लिएर भिडन्तका घटना पनि हुने गरेका छन् ।