कोहलपुर /बाँकेमा अपांगता भएका विपन्नहरु लाई राहत सहयोग गरिएको छ । परिलक्षित संस्थाले राप्तीसोनारी र कोहलपुरका गरि २३ जना अपांगता भएका अति विपन्न व्यक्तिहरुलाइ खाद्यान्न सहयोग गरेको हो ।
जस अन्तर्गत राप्तीसोनारी गाउँ पालिका वडा नंं ८ बालापुरमा गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीको रोहवरमा ९ जना वडा नं ९ मा वडा सदस्य सीता बिंकको रोहवरमा ६ जना र कोहलपुर नगरपालिका वडा नं ११ मा वडाध्यक्ष कर्ण बहादुर थापाको रोहवरमा ८ जना अपांगता भएका विपन्न व्यक्ति हरु गरि २३ जनालाइ खाद्यान्न तथा सरसफाइका सामाग्री वितरण गरिएको परिलक्षित बाँकेका सामाजिक परिचालक नर बहादुर विष्ट्ले जानकारी दिए ।
अपांगता भएका विपन्न व्यक्तिहरुलाइ छनौट गरी प्रतिव्यक्ति २५ किलो चामल ,२ किलो दाल,२ लिटर तेल,२ किलो नुन साबुन, कोलगेट लगायतका सामाग्री वितरण गरिएको परिलक्षित बाँकेले जनाएको छ ।