१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विकास निर्माणका काम समयमै सक्न कोहलपुर ६ को ताकेता


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं ६ ले चालु आर्थिक बर्षमा बिकासका काममा ताकेता गरेको छ । वडा अध्यक्ष राम शरण थारुले एक सूचना प्रकाशित गर्दै चालु आर्थिक बर्षका कामहरुको प्रगति बिवरण ७ दिन भित्र पेश गर्न सहितको सार्वजनिक सूचना प्रकाशित गरेका हुन् ।

उनले सम्झौता भएका काम कामहरु समय अवधि भित्रै सक्न दिर्नेशन दिएका हुन । उनले कार्यप्रवति बिवरण सन्तोष जनक नरहे वा सम्झौता बमोजिम काम नभएको भए बैकल्पीक व्यवस्था गर्ने बताएका छन ।

वडा अध्यक्ष थारुले यसै आर्थिक वर्षवाट उत्कृट काम गर्ने निर्माण व्यावसायी पुरस्कृत समेत गरिने नयाँकोर्सलाई जानकारी दिए ।

Nabintech