१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अपाङ्ग तर अब्बल कृषक खड्का


राप्तीसोनारी( बाँके)/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ का किसान कर्ण बहादुर खड्का शारीरिक रुपमा अपांगता भएका व्यक्ति हुन ।आफुसंग भएको अपांगतालाइ चुनौती दिदै उनी एक सफल किसानको रुपमा परिचित छ्न । सुरुमा तरकारी खेती ,भैसीपालन व्यवसाय गर्दै आएका खड्काको पछिल्लो समयमा सुरु गरेको बंगुरपालन व्यवसायले उनको व्यक्तित्व थप चुलिएको छ ।

केही समय अघि २४ कोठाको बगुरको खोर बनाएर बंगुर पालन व्यवसाय सुरु गरेका खड्का संग हाल ड्युरो,लेन्डिस,धरानेकालो लगायतका जातका गरि १८ वडा बंगुर रहेका छ्न । बंगुरपालन व्यवसायबाट उनले वार्षिक ३ लाख आम्दानी हुने गरेको बताए।
५९ वर्षीय खड्का बगुरको रेखदेख देखि दाना व्यवस्थापनमा आफै खट्टिने गरेको बताउछ्न । जिल्ला पशु कार्यालय बाँके , तथा राप्तीसोनारी गाउँपालिका बाट अनुदान प्राप्त गरेपछि सो व्यवसायमा थप रुचि बढेको खड्काको भनाइ छ ।

२०५२ सालमा सवारी दुर्घटनामा परि अपांगता भएका खड्काले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५०५ अनुदानमा प्रागारिक मल उत्पादनका लागि गड्यौला खेती सेमेत सुरुवात गरेका छ्न ।
जडिबुटी खेती गर्नुका साथै सो सम्बन्धि प्रशिक्षक समेत रहेका खड्का सामाजिक संघ संस्थामा समेत उत्तिकै सकृय छ्न । म अपांगता भएको व्यक्ति भएपनी कहिल्यै निराशा आएन सायद म सपाङ्ग भएपनी यति गर्न सक्दैन्थे होला उनले भने , कृषि क्षेत्रमा निरन्तर लागेर सबैको निम्ति प्रेरणाको स्रोत बन्ने खड्काको भनाइ छ ।

Nabintech